नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान दोलखामा शुरु


Spread the love

दाेलखा(चरिकोट)।भदौ २४,दोलखा जिल्लामा नेपाली काँग्रेसको जागरण अभियान दुई शुरु भएको छ । जननायक विश्वेश्वर प्रसाद कोइरालाको १०६ औ जन्मजयन्तिको पावन अवसर पारी जागरण अभियानको शुरु गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि काँग्रस जागरण अभियान दोलखाका संयोजक रामचन्द्र खड्का ले सरकारले जनतालाई ढाट्ने भन्दा बढी केही काम नगरेको आरोप लगाए । कम्युनिष्ट सरकारले जनतालाई चुनाव ताका विभिन्न आश्वासन दिए पनि अहिले केही नगरी जनतालाई दुःख दिने काम मात्रै गरेको उनले बताए ।

देश रहे पाटी रहन्छ पाटी रहे जनता रहन्छन भन्ने सोचका साथ पार्टीलाई मजबुत बनाउनको लागि काग्रेंस नेता कार्यकर्ताहरुलाई एक जुट हुन आग्रह गरे ।काँग्रेस नेता गणेश लामाको विशेष आतिथ्यता तथा नेपाली काँग्रेस दोलखा क्षेत्र नं २ का सभापती जयराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली  काँग्रेसदोलखाका  सभापती रुद्रबहादुर खड्का, काँग्रेस नेता इश्वर नारायण मानन्धर लागायतले नेपाली काँग्रेसको पक्षमा जनमत सिर्जना गर्न पार्टीका नेता कार्यकर्ता लाग्नु पर्ने आवश्यकतामा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)