सदरमुकाम चरिकोट बसपार्क सडकमा यात्रु र चालकको दैनिक बिजोग


Spread the love

दाेलखा।भदौ २५,चरिकोट सदरमुकाम चरिकोटकै  सडकमा दैनिक रुपमा यात्रु र सवारी चालकले सास्ती खेपिरहेका छन। करिब २ साता अगाडि झारेको पहिरोको डिस्कोले  सडक बिचामा खसेर सडक  साघुरो भएसगै सडकको तल्लो भाग पुरै भत्किएपछि सदरमुकाम चरिकोट आवतजावत गर्ने साना ठुला सवारीसाधन दैनिक सास्ती खेप्दै आइरहेका छन्।

चरिकोटको बसपार्क बजारको सडकनै भत्किएर जोखिमपुर्ण बन्दा पनि कसैले सडकको बनाउन ध्यान नदिएको बताउँछिन एकान्त होट बसपार्ककि  सञ्चालक सिता चौलागाईं उनि भन्छिन यो सडक भत्केको २ साता भयो यहीँ सडकहुँदै दैनिक भिमेश्वर नगरपालिका जनप्रतिनिधि सरकारी कर्मचारी दैनिक गाडीलिएर ओरालो झर्छ्न तर यो सडक मर्मत गर्न उनिहरुको ध्यान कहिले जाला भन्दै दुखेसो पोखिन् । सदरमुकाम चरिकोटकै सडक भत्केको साता बितिसक्दा पनि सडकको माटो पनछाउन र भत्केको सडकको वाल कस्ले बनाउने हो अहिलेसम्म टुङ्गोलाग्न सकेको छैन।

दैनिक साना ठुला गरि करिब पाँच सयभन्दा बढी सवारीसाधन चरिकोट बाट तामाकोसी,मैनापोखरी जिरी र रामेछाप हुँदै सदरमुकाम चरिकोट आवतजावत गर्ने मुख्य सडकमा बसपार्कमा दैनिक साना देखी ठुला सवारीसाधन धकेल्नु परेको गुनासो सुनाउछन्  बोलेर चालक प्रवत बस्नेत।यो सडक तत्काल मर्मत गर्न सडक बिभाग चरिकोट र भिमेश्वर नगरपालिकाले चासो दिन आवस्यक देखिन्छ।दैनिक रूपमा भिमेश्वर नगरपालिका भित्रका करिब आधा दर्जन  स्कुल बस यहीँ बाटो भएर चल्ने गर्छन् कुनबेला दुर्घटना हुने हो कसैलाई पत्तो छैन करिब ५० मिटरको सडक माटो पन्छाएर तल्लो भागमा वाल लगाए विद्यार्थी र अन्य सर्वसाधारणलाइ यात्रा गर्न र सवारी ओहोरदोहोर गर्न सहज हुने बताउँछन् स्थानीय व्यवसायी हरु।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)