३ जिल्लाको आयाेजनामा मंगोलियन हार्ट लाइभ कन्सर्ट तथा सांगितिक धमाका काेरियामा सम्पन्न



काेरिया।भदाैँ २६,दोलखाली समाज दक्षिण काेरिया,रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाकाे संयुक्त अायाेजनामा अायाेजित “मंगोलियन हार्ट लाइभ कन्सर्ट तथा सांगितिक धमाका–२०१९काे बृहत संस्कृतिक कार्यक्रम आज भव्य रुपमा सम्पन्न भएको छ।प्रवासी एकता आजको आवश्यकता,सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’भन्ने मुल नाराकाे साथ कोरियाको महान पर्व छुसकको अवसरमा आज सेप्टेम्बर १२ तारिकका दिन काेरियाकाे सम्पूर्ण सुबिधा सम्पन्न ‘AW Convention center हलमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।

तस्बिर:-नवराज बस्नेत

दाेलखाली समाज काेरियाकाे अध्यक्ष सराेज के.सी सिन्धुपाल्चोक समाजका अध्यक्ष सञ्जिब भण्डारी,रामेछाप सम्पर्क समितिका अध्यक्ष रवि प्रताप धिसिङकाे सभापतित्व तथा नेपाली दुतावासका उपनियाेग रामसिँह थापाकाे प्रमुख अातित्थ्यातामा भएको कार्यक्रममा विशेष अतिथि NRN दक्षिण काेरियाका अध्यक्ष लक्ष्मी गुरुङ,NCC अध्यक्ष अन्जु के.सी,पर्यटन दुत केपी सिटैला,ICC सदस्य विनाेद कुंवार,MTU अध्यक्ष उदय राई,पत्रकार महासंघका अध्यक्ष र्रजन कुंवार,रामेछाप सम्पर्क समितिका निवर्तमान अध्यक्ष भिम खड्का,सिन्धुपाल्चोक समाजका सल्लाहकार तथा कार्यक्रम संयाेजक आषिस लामा,दाेलखाली समाजका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयाेजक दिपेन्द्र अधिकारी,जनजाति महासंघका अध्यक्ष युगेल लेन्दुप शेर्पा,प्रवासी एकता मंञ्चका प्रतिनिधि,संघिय समाजवादी फाेरमका प्रतिनिधि लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए।

Photographer:- Nabaraj Basnet
Photographer:- Nabaraj Basnet

दोलखाली समाज दक्षिण काेरिया,रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले दुर्गम भेगमा शिक्षा र स्वास्थ क्षेत्रमा सहयाेगार्थका लागि संस्कृतिक कार्यक्रम गरेकाे हाे।दाेलखा,रामेछाप,सिन्धुपाल्चोक जिल्लामा रहेका विकट तथा पिछाडिएका क्षेत्रमा आर्थिक सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयाेजकले जानकारी दिएको छ।नेपाली गित संगितमा विश्वलाइ नचाउन र चिनाउन साँगितिक यात्रालाइ बिगत २५ बर्षदेखि अनावरत रुपमा लागि रहेका चर्चित लोकप्रिय गायक राजु लामाको मंगोलियन हार्ट ब्याण्ड आमन्त्रण गरिएको हाे।

Photographer:-Nabaraj Basnet

कार्यक्रममा विभिन्न चर्चित कलाकारहरु गायिका आस्था राउत,लोकदोहोरी गायक प्रकाश कटुवाल,नेपाल आइडल सिजन १ को सेकेन्ड रनरअप प्रताप दास,मोडल तथा हट डान्सर अञ्जली अधिकारी र स्थानीय कलाकारहरूले अाफ्नाे अाधुनिक,लाेक दाेहाेरी गीत तथा नृत्य प्रस्तुत गरेका थिए।भने उक्त कार्यक्रममा करिब २ हजार जनाकाे उपस्थिति रहेको थियाे।

Photographer:- Nabaraj Basnet