शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारणसभा सम्पन्न



दाेलखा।भदाैँ २८,शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठ को सभापतित्व तथा नेफ्स्कुन का अध्यक्ष डि.वि बस्नेतको प्रमुख आतिथ्यतामा २२ औँ वार्षिक साधारण सभा सम्पन्न्न भएको हो ।१६ सय ४९ जना सदस्य रहेकोे संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव भगवान बस्नेतले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष राम बहादुर शिवाकोटी ले पेश गरेका थिए ।

साधारण सभालाई वैत्यश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेल, नेपाल शिक्षक संघका अध्यक्ष गोविन्द मानन्धर लगाएतले सम्बोधन गरेका थिए ।आजै सम्पन्न साधारण सभाले ताराप्रसाद पन्तको अध्यक्षतामा १५ सदस्यीय सन्चालक समितिको सर्वसम्मतीले निर्वाचन गरेको छ । संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष नारायण बुढाथोकी, सचिव भगवान बस्नेत, सहसचिव रामबहादुर शिवाकोटी र कोषाध्यक्षमा पदमराज खरेल निर्र्विरोध निर्वाचित भएको सहकारीले जनाएको छ ।

यस्तै ग्रामिण विकास टुकी संघको ४२ औँ टुकी दिवस तथा १९ औँ साधारण सभा सनिबार सम्पन्न भएको छ ।ग्रामीन विकास टुकी संघकासदस्य एवं टुकी अवधारणाका प्रवर्तक डा.कृष्ण कुमार पान्डेको सभापतित्व तथा जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।साधारण सभामा संस्थाका महासचिव मकरध्वज पाख्रिन ले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने संस्थाका कोषाध्यक्ष बद्री बहादुर कटुवाल ले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।