तरुण दल मिर्गेको आयोजनामा बृहत खुल्ला निृत्य प्रतियाेगिता हुँदै



सुबास बस्नेत।असोज ४ चरिकोट, दोलखाको बैतेश्वर गाउँपालिका वडा न:३ मिर्गेमा नेपालीहरुकाे महान चाड बडा दशै तथा शुभ दिपवालीकाे पाबन अवसरमा नेपाल तरुण दल मिर्गे गाउँ कार्य समितिले यस वर्षपनि बृहत साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ।स्थानीयस्तरमा लुकेर बसेका स्थानीय प्रतिभालाई सबै सामुपुर्याउने उदेश्यले बिगत वर्षदेखीनै बृहत खुल्ला निृत्य प्रतियाेगिता कार्यक्रम गर्दै आएको नेपाल तरुण दल गाउँकार्य समिति मिर्गेका अध्यक्ष यम कुमार तामाङले जानकारी दिए। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला नेता बैतेश्वर गाउँपालिकका जनप्रतिनिधि,कांग्रेस प्रेमी स्थानीय गाउँबासी,छिमेकी गाउँबासी,स्थानीय स्तरका कलाकार हरुको उपस्थितिमा बृहत खुल्ला नित्य कार्यक्रम असोजको २० गते दसैको टिकाको अघिल्लो दिन मिर्गे चोक लहरेमाने बसपार्क हुने तरुण दल मिर्गेका अध्यक्ष तामाङले जानकारी दिए।कार्यक्रम जिल्लाभरका स्थानीय प्रतिभा भएका कलाकारहरुले भागलिन पाउने छन्।

कार्यक्रममा सहभागी हुने प्रतिस्पर्धि कलाकारले पालना गर्नुपर्ने नियमपनि आयोजकले सार्वजनिक गरिसकेको छ।
कार्यक्रम काे नियमहरु
१.) गित अनुसारको पाेषाक अनिवार्य हुनुपर्ने छ।
२.)गित शुद्ध नेपाली भाषा वा सेलाेमा हुनुपर्ने छ।
३.एक टिममा ६ जना भन्दा बडी सहभागी हुन नपाउने ।
४.)अायाेजकले गरेकाे निर्णय नै अन्तिम निर्णय हुनेछ।
५.) टिम दर्ता गर्दा असाेज १९ गते बेलुका सम्म गर्नु पर्ने छ।
अन्यथा कार्यक्रमकाे दिन टिमदर्ता गर्न आएमा  कुनै मान्य नहुने आयोजक तरुण दल मिर्गेले जनाएको छ।
कार्यक्रम सहभागी भएर प्रथमहुने सहभागी कलाकारले नगत रु २० हजार र प्रमाणपत्र पाउनेछन्।त्यस्तै क्रमश दोस्रो हुनेले नगर रु १५ हजार नगत र प्रमाणपत्र पाउनेछन्।तृतीय हुने सहभागी कलाकारले नगत १० हजार र प्रमाणपत्र पाउने छन्।सान्त्वना हुने स्थानीय कलाकारले नगत रु ५ हजार र प्रमाणपत्र पाउने आयोजक मिर्गेले जनाएको छ।थप जानकारी लागी कार्यक्रमको मिडिया पाट्नरको रूपमा  रेडियाे भिमेश्वर ९० बिन्दु ८ मेगाहार्ज र कालिन्चाेक अनलाइन खबर पत्रीकालाई राखेको नेपाल तरुण दल मिर्गेका अध्यक्ष यम तामाङले जानकारी दिए।
कार्यक्रम हुने मिति:- २०७६ साल असाेज २० गते ( टिकाकाे अघिल्लो दिन)
कार्यक्रम हुने स्थान :-मिर्गे चाेक लहरेमाने बसपार्क ।
कार्यक्रम हुने समय:- बिहान ठिक ९.०० बजे देखि सुरुहुने छ।
थप जानकारी काे लागि 9841924960 र 9807629333 नम्बरमा सम्पर्क गरेरपनि कार्यक्रमको बारेमा थाहा पाउन सकिने छ।
आयोजक नेपाल तरुण दल गाउँ कार्यसमिति बैतेश्वर- ३ मिर्गे दोलखा