स्वर्ण,हाम्रो जनकल्याण र जुनतारा साकोसको वार्षिक साधारणसभा सम्पन्न



चरिकोट।दोलखा सदरमुकाम चरिकोटमा रहेको हाम्रो जनकल्यान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरण पछिको पहिलो तथा २२ औँ वार्षिक साधारण सभा सनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष रामचन्द्र बस्नेतको सभापतित्व तथा भीमेश्वर नगरपालिका मेयर भरत बहादुर के.सीको प्रमुख आतिथ्यतामा २२ औँ वार्षिक साधारण सभा सम्पन्न्न भएको हो ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव रामचन्द्र दुलालले प्रस्तुत गरेका थिए भने संस्थाका कोषध्यक्ष राजन श्रेष्ठले संस्थाको आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए।यस सस्थाको कुल पुर्जी ५५ करोड ७ लाख ५४ हजार ३ सय ३१ पुगेको छ। संस्थाको शेयर पुँजी ४ करोड ५७ लाख २७ हजार ८ सय पुगेको छ भने सहकारीको खुद नाफा १ करोड ६७ लाख ८९ हजार ४ सय रहेकोे सहकारीले जनाएको छ। हाल  यस संस्थामा महिला शेयर सदस्य ४ हजार १ सय ३६ जना पुरुष शेयर सदस्य संख्या ३ हजार ५ सय ६३ र अन्य २३ गरी संस्थामा जम्मा शेयर सदस्य ७ हजार ७ सय२२ जना रहेका छन् । भने बालबचतकर्ता ३ हजार १ सय ४५ जना रहेका छन्।

त्यसैगरी जुनतारा कृषि सहकारी संस्था लिमिटेडको दशौ बार्षिक साधारण सभा सनिबार सम्पन्न भएको छ।सस्थाका अध्यक्ष प्रविन श्रेष्ठ को सभापतित्व तथा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिसरण शिवाकोटीको प्रमुख आतिथ्यतामा दशौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव पार्वति श्रेष्ठले प्रस्तुत गरेकी थिइन भने संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सुनिल श्रेष्ठले पेश गरेका थिए । ९ सय ५० जना सदस्य रहेको सहकारी मा दैनीक बाल बचत कर्ता गृस्म थामी,माषिक बाल बचत कर्तामा आयुष सुनुवार दैनिक बचत तर्फ लालबहादुर तमाङ,असल ऋणी नारायण श्रेष्ठ, उत्कृष्ठ बचत तर्फ प्रेम कुमारी तमाङ,माषिक ऋणी तर्फ शिवहरी श्रेष्ठ,उत्कृष्ठ कृषक तर्फ रमेश थापा र उत्कृष्ठ कर्मचारी तर्फ लालमाया तमाङ लाई सहकारीले सम्मान गरेको थियो ।

त्यसैगरी सदरमुकाम चरिकोटमै रहेको स्वर्ण बचत तथा ऋण सहकारीले आफ्नो १९ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।संस्थाको आर्थिक वर्ष २०७६ सम्म कुल पुँजी १२ करोड ३८ लाख ७७ हजार ८ सय ५३ रहेको छ।शेयर पुर्जी १ करोड ८ लाख ८ सय पुगेको सहकारीले जनाएको छ।स्वर्ण बचत तथा ऋण सहकारीको नाफा ८ लाख ९९ हजार ७ सय रहेकोे छभने यस संस्थामा १५ सय १५ जना सदस्यले सहकारीमा आवद्ध भएर बचत गर्दै आएका छन्।