एलआइसीको नयाँ शाखा मन्थलीमा,रामेछापका जनतामाँझ बीमाको पहुँच पुर्याउने लक्ष्य



कालिञ्चाेक अनलाईन

रामेछाप।८,आश्विन,लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रामेछापको मन्थलीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास तथा नायव प्रमुख कार्यकारी अधिकृत टि.वर्नवालबाट संयुक्त रुपमा रामेछाप मन्थली शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा रामेछाप मन्थली शाखाबाट ५ करोड बराबरको प्रथम बीमाशुल्क संकलन गर्ने र रामेछापका २००० ब्यक्तिहरुको जीवन बीमा गराउने लक्ष्य लिएको छ ।

शाखा उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर शिव हरि खड्काले कम्पनीले रामेछापमा प्रत्येक घर घरमा बीमाको महत्व दर्शाउने र प्रत्येक घरका अभिभावकको जीवन बीमा हुनुपर्नेमा उत्प्रेरणा दिने प्रकारको बीमा जागरण अभियान सञ्चालन गर्ने कार्यमा भूमिका खेल्ने बताए ।यसै गरि मन्थली रामेछापका शाखा प्रमुख प्रसिद्ध भक्त श्रेष्ठले एल आई सीसँग सम्बन्धित सम्पूर्ण कार्य आफ्नो शाखाबाट अत्यन्तै सहज ढंगले छिटो छरितो हिसाबले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।