कोरियामा सिस्नुपानी हास्यव्यंग्य महोत्सव हुँदै



कालिञ्चाेक अनलाईन

काेरिया।अाश्विन ८,कोरियामा रहेका श्रमशील नेपालीहरुलाई लक्ष्यित गरी दुई थोपा हाँसोको सचेतना अभियान सहित सिस्नुपानी हाँस्यब्यंग्य महोत्सव हुने भएको छ।यही सेप्टेम्बर २९ का दिन कोरियाको फेन्थेक स्थित फेन्थेक माईग्रन्ेट सेन्टरको हलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

सिस्नुपानी नेपालका चर्चित हाँस्य कलाकारहरु मनोज गजुरेल, लक्षमण गाम्नागे,अर्जुन पराजुली, टंक आचार्य,सरोज घिमिरे, कमलिकान्त भेटुवाल लगायतको उपस्थिति रहने उक्त कार्यक्रममा उपस्थितीको लागी सम्पूर्ण कोरियावासी नेपालीहरुमा हार्दिक आह्वान गरिएको छ।

कार्यक्रम
मिती : सेप्टेम्बर २९ आइतबार
समय : ठिक २ बजेदेखि
प्रवेश : फ्री
स्थान : फेन्थेक माइग्रेन्ट सेन्टर हल