जनमुखी सहकारीको नाफा साढे २ करोड



दोलखा।असाेज ११, सहकारीहरुको थलोमानिने बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरिमा अवस्थित जनमुखी सहकारीले २२औ वाषिर्क साधारणसभा मानाउदा सम्म साढे २ करोड भन्दा बढी नाफा कमाउन सफल भएको छ।यस संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा आइपुग्दा २ करोड ६२ लाख ३१ हजार २ सय खुद नाफा कमाउन सफल भएको छ।जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सितारा दाहालको अध्यक्ष र जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेको प्रमुख आतिथ्यतमा सम्पन्न २२ औ साधारण सभाको उद्घाटन गर्दै सहकारी अभियानको प्रमुख थलो बैतेश्वर गाउँपालिकाले सहकारीको पैसा बाट उत्पादन मुखी र आयआर्जन तर्फ लगानी गर्नुपर्ने बताए।

त्यसै सहकारीले संस्थाको संञ्चालक समितिको प्रतिबेदन सहसचिव राजन केसीले प्रस्तुत गरेका थिए भने सहकारीको आर्थिक प्रतिवेदन काेषाध्यक्ष लक्ष्मण चौलागाईंले २०७५/०७६को प्रगति प्रतिवेदन अनुसार संस्थाले साढे दुई करोड भन्दा बढी नाफा कमाउन सफल भएको हो।यस सहकारीले २२औ बर्षमा आइपुग्दा सिङ्गो दोलखा जिल्लालाई समेटेर कारोबार गर्दै आएको छ।संस्थाको कुल पुर्जी ७६ करोड १९ लाख ६६ हजार ८ सय रहेकोे संस्थाका काेषाध्यक्ष लक्ष्मण चौलागाईंले जानकारी दिए ।दोलखाको पश्चिमी क्षेत्र लामोसांघु जिरी सडकको मुख्य सडक क्षेत्रमा रहेको मैनापोखरी बजारमा आफ्नै भवन निर्माणगरि मुख्य कार्यालय राखेर ३६५ दिनै सेवा प्रधान गर्दै आएको छ।सहकारीको सेयर पुर्जी ७ करोड ९ लाख ७५ हजार पाँच सय पुगेको छ।

संस्थामा समाग्र दोलखा जिल्लाका ९ वटा स्थानीय तहका १६ हजार ५ सय ८० जना सदस्य संस्थामा आवद्ध भएर बचत गर्दै आएका छन्।यस जनमुखी सहकारीले आफ्नो २२ औ साधारणसभाको अवसरमा राष्ट्रिय समाचार समिति(रासस) कर्मी पत्रकार प्रभु जिरेल लाई नगद सहित समान गरेको छ।त्यसैगरी जिल्लाको ४ ठुला सहकारी मध्यको तेस्रो स्थानमा रहेको यस सहकारीले अन्य विभिन्न शिर्षकमा आफ्ना सदस्य कर्मचारीहरु लाई नगद सहित सम्मान गरेको छ।