मिर्गेको साँस्कृतिक कार्यक्रम राष्ट्रिय मिडियाकर्मी सुबास बस्नेत सम्मानित



दोलखा।नेपालीहरुको महान पर्व बिजय दशमीको अवसरमा नेपाल तरुण दल मिर्गेले बृहत खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको छ।बिगत वर्षहरुमा जस्तै गरि यो वर्ष पनि तरुण दल मिर्गेले बिजय दशमीको अघिल्लो दिन रामनहमी दिन परेर खुल्ला नृत्य प्रतियोगिता तथा बृहत सास्कृति कार्यक्रम गरेको हो कार्यक्रम अवसर परेर नेपाल तरुण दल गाउँ कार्यसमिति मिर्गेले कला तथा सूचना क्षेत्रमा समाचार सम्प्रेषण गरेर महत्वपूर्ण भुमिका खेलेको भन्दै राष्ट्रिय मिडिया कर्मी, रेडियो  कर्मी एवं कालीञ्चाेक अन्लाईनका सम्पादक सुवास बस्नेत लाई सम्मान  गरेको छ।त्यसैगरी कार्यक्रमको अवसरमा पुरानो रेडियो कर्मी एवं हास्य कलाकार उपेन्द्र प्रसाद सुबेदीलाई पनि सम्मान गरेको नेपाल तरुण दल गाउँकार्य समिति मिर्गेका अध्यक्ष यम कुमार तामाङले जानकारी दिए।

२१ जना प्रतिस्प्रधीहरु भएको बृहत खुला नृत्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम पहिलो स्थान हासिल गर्दै रोमि तामाङ को समुह नगत रु.२०,००० नगत हात पर्न सफल भएका छन्।त्यसैगरी दोश्रो स्थान हासिल गर्दै नरेन्द्र मोक्तानको समुहले नगत रु १५००० हजार हातपर्न सफल भएका छन्।त्यसैगरी मन्दिरा तामाङको समूहले तृतीय स्थान हासिल गर्दै नगत रु १०,००० हातपर्न सफल भएको छभने कार्यक्रम नगत ५००० हजार हात पर्दै लीला तामाङको समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ।कार्यक्रम सहभागी बिजेताहरु लाइ सम्पन्न तथा पुरस्कार वितरण कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेस दोलखा उपसभापति छबीलाल तामाङले वितरण गरेका हुन।कार्यक्रम नेपाल तरुण दल गाउँ कार्यसमिती मिर्गेका सभापति यम कुमार तामाङको सभापतित्वमा सम्पन्न भएको थियोे।