नेपाली सम्पर्क समिती(NCC)अध्यक्ष अन्जु के.सी काेरियाकाे दोङदेमुनबाट पक्राउ



काेरिया।कोरियामा नेपालीहरुको छाता संगठन नेपाली सम्पर्क समिती (एनसीसी) की अध्यक्ष अन्जु के.सी शनिवार दोङ्देमुनबाट पक्राउ परेकी छन।विगत लामो समयदेखी दक्षिण कोरियामा अवैधानिक रुपमा बस्दै आएकी उनलाई सिभिल ड्रेस आएको प्रहरीको टोलीले दोङ्देमुन गेट नम्बर ३ बाट पक्राउ गरेको हो ।

उनी बिगत केही महिना देखी प्रहरीको निगरानीमा परेकी थिइन्।पहिला पनि नेपाल सम्पर्क समिति पुर्ब अध्यक्ष प्रेम शाह र बर्तमान एन सि सि समिति बिच आर्थिक हिसाब किताबको विषयमा आरोप प्रत्यारोप चलीरहेको अवस्थामा पुर्ब अध्यक्ष प्रेम शाहले सामाजिक सन्जाल तथा बिभिन्न मीडियामा आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए सोही लाई आधार मानी गत बर्ष एक रेस्टुरेन्टमा प्रहरीले धरपकड पनि गरेको थियो।