काेरियामा पनि धुमधामका साथ दशैँ मनाईयाे



काेरिया।दक्षिण काेरिया स्थित मोक्पो साम्हो साझा चौतारी समाज कोरियाले आयोजना गरेको दसैँ विशेष कार्यक्रम अाज मोक्पोको थेबुलमा सम्पन्न भएको छ।श्रम कन्सुलर डिल्लीराम बास्तोलाको प्रमुख आतिथ्य तथा एमटियु अध्यक्ष उदय राईको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे। हुन्डाई पार्क थेवुलकोमा भएको कार्यक्रममा हर्ष उल्लासका साथ टिका जमरा ग्रहण र नेपाली स्वादिष्ट खानाका परिकार खाए सँगै विविध नाँचगान तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामका साथ मनाईको छ।

हुण्डाई साम्हो,थेवुल,सुन्छन,मुआन,हेनाम,मोक्पो वरपर लगायत कोरियामा रहनु भएका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुकाे उपस्थितिमा दशैँ कार्यक्रम मनाईएकाे मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रोशन कुमार पौडेलले कालिञ्चाेक अनलाईन लाई जानकारी दिए।