जनजागरण साकोष मिर्गेको नाफा साढे १६ लाख



दोलखा।असोज २६,दोलखाको बैतेश्वर गाउँपालिका वडानम्बर ३ मिर्गेमा रहेको जनजागरण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१औ वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ।

यस जनजागरण बचत तथा ऋण सहकारीले गत वर्षको तुलनामा यस वर्ष नाफा वृद्धि गर्न सफल भएको छ।गत वर्ष १३ लाख ८६ सय नाफा रहेकोमा यस वर्ष ३ लाख खुद नाफा जम्मा गर्दै १६ लाख ६९ हजार आठ सय नाफाकमाउन सफल भएको संस्थाका काेषअध्यक्ष पुष्कर कुमार दाहालले आर्थिक वर्ष ०७५/०७६को प्रगतिप्रतिवेदन मार्फत जानकारी गराएका हुन।

संस्थाका अध्यक्ष पवन दाहालको सभापतित्व र बैतेश्वर गाउँपालिकका अध्यक्ष छबी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाकाे सञ्चालक समितिको प्रतिबेदन संस्थाका सचीव रमेश प्रसाद दाहालले प्रस्तुत गरेका थिए भने संस्थाको कुल सम्पत्तिको आर्थिक प्रतिबेदन काेषाध्यक्ष पुस्करकुमार दाहालले १२ करोड ३२ लाख ९७ हजार ५ सय ९८ रुपैयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

यस सहकारीको सेयर पुर्जी १ करोड २७ लाख ३४ हजार ९ सय पुगेको छ। संस्थामा हाल सम्म ३८ सय २२ जना आवद्ध रहेका छन्।सहकारीले आफ्नो २१औ साधारणसभाको अवसरमा विभिन्न विषयमा आफ्ना सदस्यहरुलाइ सम्मान गरेको छ।