आमालाई सम्झी भावुक हुँदै गायक टंकले गाए यस्तो गीत (भिडियो सहित)



काेरिया।पछिल्लो समयका लोकप्रिय लोकपप गायक टंक तिमिल्सिनाले आज मात्रै नयाँ गीत “आमाको माया गाउँको माया” ईन्टरनेटमा सार्वजनिक गरेका छन।विभिन्न लोकपप गीत तथा सुदुर-पश्चिमको देउडा गीतलाई आधुनिक तरिकाले गाएर थुप्रै गीतहरु बजारमा पठाइएका गायक टंलले यो पटक भने बिल्कुलै फरक खालको मिश्रित ठाडी भाका गीत बजारमा ल्याएका छन।

सुदुर-पश्चिम अछाम घर भएका गायक टंक सांगीतिक भविस्य बनाउनको लागि बिगत आधा दशकदेखि काठमाडौंमा संघर्ष गरिरहेका छन। उनी आफ्ना भाइसंग बसिरहेका छन। उनले यो पटक आफ्ना भाइको आग्रहमा यो ठाडी भाका गाएका हुन।

“आमाको माया गाउँको माया झलझली आँखामा सुस्केरा हाली सुसेल्न मन छ बारि र पाखामा एकछिन भएनी रुन मन छ आमाको काखमा आमा हजुरको काखमा”

यो माथिको हरफ टंकले आफ्नो आमा र गाउँलाई सम्झी गाएको गीतको सानो अंश हो। गीतमा उनले आफू बाध्यताले टाढा भएको र बाँचेपछी फेरि गाउँमा भेट्ने कुरा व्यक्त गरेका छन। यो गीतको प्रत्येक शब्द सुन्दा आफ्नो जन्म दिने आमाबाट टाढा रहेका जो कोही सन्तानको आँखा रसाउने गर्छ।त्यसैले टंक भावुक हुँदै यो गीत सुनाएको दृश्य भिडियोमा देख्न सकिन्छ।