रेडियो शैलुङको १२ औँ बार्षिक उत्सव सम्पन्न



दोलखा।कात्तिक ५,दोलखा सदरमुकाम चरिकोटमा रहेको पुरानो रेडियो शैलुङको १२औ बार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ।रेडियोको बार्षिक कार्यक्रम नेपाल सरकारका प्रभक्ता एवं सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।उद्घाटनको क्रममा कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले देश प्रगति तिर लम्किरहेको हुँदा कुनै पनि विपक्ष पाटी र निकाय आतिनुपर्ने अवस्था नरहेको बताए।त्यसैगरि दोलखाको सबै स्थानीयतहमा एक वर्ष भित्र टेलीफोन पुग्ने वातावरण बनाउने बताए।मन्त्री बास्कोटाले नेकपाले सुरु गरेको बिकासका कार्यले एकपछि आर्को गर्दै सफलता हासिल गर्दै गाएको समेत बताए छन्।त्यस्तै नेपालको पत्रकारिता ब्यक्ति मुखिर र नेतामुखी भएको बताउदै आगामीदिनमा पत्रकारिता पेसा व्यवसायीक खालको सत्यतथ्य सूचना सम्प्रेषण गरेर खोजमुलक पत्रकारिता गर्नुपर्ने बताए।

एक वर्ष भित्र दोलखा सबै क्षेत्रमा टेलीफोन चल्छ:मन्त्री बास्कोटा

दोलखाका रेडियो पाटी र नेता मुखी भन्दा पनि स्थानीय श्रोता मुखी र सर्वसाधारणलाई आवस्यक पर्ने बिकासहरु शिक्षा,स्वास्थ, यातायात,खानेपानी र कृषि क्षेत्रमा बिकास गर्ने खालको कार्यक्रम उत्पादन गरेर सबै सामुपुर्याउनु पर्ने बताए।त्यस्तै दोलखाको दुइवटा क्षेत्रहरु पर्यटन र धार्मिक क्षेत्रलाई बढी प्राथमिकता राखेर लगानी गर्नुपर्ने बताए।रेडियोको बार्सिक उत्सवको अवसरमा सामुदायिक रेडियो प्रसारण संघका केन्द्रिय अध्यक्ष सुबास खतिवडाले आगामी दिनमा राज्यले सामुदायिक रूपमा रेडियोले प्रसारण गर्ने कार्यक्रमहरु स्थानीय समुदायको जीवनमा मेलखाने र स्थानीय स्तरको बिकास हुने खालको कार्यक्रमको गुणस्तर वृद्धि गर्दै जानुपर्ने बताउदै रेडियो कर्मचारीलाई तोकेअनुसारको पारिश्रमिक दिनपनि रेडियो सचालक लाई आग्रह गरेका छन्।

दोलखाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सांसद पार्वत गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै दोलखाको मुख्य राजमार्ग लामोसाघु -चरिकोट जिरी सडक खण्डको एक महिना भित्र सडकको खाल्डाखुल्डी पुरेर मर्मत गरि नियमित चल्ने सवारीसाधन र यात्रुलाई सहज खालको यात्रा गर्ने वातावरण बनाउन निर्देश दिएका छन्।कार्यक्रम बोल्दै पुर्व राज्य मन्त्री एवं नेकपाकि जिल्ला इन्चार्ज देवी खड्का र पशुपति चौलागाईंले सूचनाको पहुँच नपुगेका दुर्गम विकट ठाउँमा सूचना प्रसारण गर्नुपर्ने बताए।

त्यसैगरी रेडियोको बार्षिक कार्यक्रम बोल्दै नेपाली कांग्रेसका जिल्ला नेता केशवराज चौलागाईंले दोलखा खुलेका स्थानीय रेडियोले रेडियोमा काम गर्ने रेडियो कर्मचारीले नियमित पारिश्रमिक पाहेका छन् या छैन भनेर मन्त्री सामु प्रश्नराखेका छन्।रेडियोका अध्यक्ष शिव प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न बार्षिक उत्सव कार्यक्रम बोल्दै जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले स्थानीय सरकारले दोलखाका सामुदायिक रेडियोलाई साथमा राखेर स्थानीय निकायसग सहकार्यगरेर अगाडि बड्नुपर्ने बताए।शैलुङ सञ्चार सहकारी बाट सञ्चालित यस रेडियोले आफ्नो विभिन्न बिधामा आफ्ना श्रोता र रेडियोका कर्मचारीलाई नगतसहित सम्मान गरेको छ।