प्रेम पुर्ण प्रताप फाउन्डेसन नेपालले दोलखाका जेहेन्दार विद्यार्थीलाई नगद सहयोग



कल्पना सापकोटा-
दोलखा।कात्तिक ६,पुर्णप्रताप फाउन्डेसन नेपाल दोलखाले शुभदिपावली नेपाल सम्वत तथा छट पर्वकाे अवसरमा शुभकामना अादानप्रदान तथा छात्रावृत्ति वितरण कार्यक्रम बुधबार सदरमुकाम चरिकोटमा सम्पन्न गरेको छ।प्रेम पुर्ण प्रताप फाउन्डेसन नेपाल भी न पा २ दाेलखाकाे अायाेजनामा छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको हाे।प्रेम पुर्ण प्रताप फाउन्डेसनका उपाध्यक्ष सान्ति श्रेष्ठकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।कार्यक्रममा बाेल्दै प्रेमपुर्ण प्रताप फाउन्डेसनले अाफ्नाे कार्य क्षेत्र गाउँपालिकामा समेत पुर्‍याउनु पर्नेमा जाेड दिनु पर्ने प्रमुख अतिथि पाण्डे बताउनु भयो ।

काेषाध्यक्ष देवि गुरूङले कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले विशेष गरि शिक्षालाई प्राेत्साहन गर्ने र काेहि कतै शिक्षाबाट बन्चित हुन नपराेस भन्ने उदेश्यले याे संस्था सुरु भएको साथै याे संस्थाले विशेष गरी दाेलखा र चितवनमा काम शिक्षाबाटविद्यार्थीहरू बन्चित नहुन भन्ने उदेश्य ले शिक्षाको क्षेत्रमा काम गर्दै अाएकाे काेषाध्यक्ष गुरूङले जानकारी दिनु भयाे।शिक्षाबाट बन्चित नहुन भन्ने उदेश्यका साथ दाेलखाकाे राजकुलेश्वर अाधारभुत विद्यालयका छात्रा नमरता शिवाकोटी लाई ७ हजार, बलम्बु अाधारभूत विद्यालय कालिञ्चाेक गाउँपालिकाका छात्र टिकाराम थामीलाई ७ हजार ,भीम मावि दाेलखाकी छात्रा निरूता पाठकलाई ७ सात हजार, सन्जिला थामि लाई ७ हजार र भीम माविकै छात्र राेशन याेगी लाई ३० हजार छात्रवृत्ति वितरण गरिएको हाे।

कार्यक्रममा नेपाल प्रत्रकार महासंघ दाेलखा शाखाका अध्यक्ष जीवन लामा ,नेकपा दाेलखाका कार्यभाक अध्यक्ष गाेपाल पाण्डे लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो।