कालिञ्चोक गाउँपालिकामा करोडौं भ्रस्टाचार लुकाउन नाटक गरेकाे कांग्रेसकाे आरोप



चरिकाेट।दोलखाको कालिञ्चोक गाउँपालिकामा लामो समयदेखिको केन्द्र विवाद यस अघि गरेका करोडौं भ्रस्टाचार र अनियमितता लुकाउने नाटक भएको प्रतिपक्ष दल कांग्रेसले आरोप लगाएको छ ।आइतबार राति गाउँपालिकाका केही वडाअध्यक्ष सहित लापिलाङका स्थानीयले कार्यालय कब्जा गरेर आबश्यउक कागजात र अन्य केही सामाग्री लगेपछि उत्पन्न विवादका विषयमा कांग्रेसले यस्तो आरोप लगाएको हो।

नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकाले आज सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएको हो । कांग्रेसको कालिञ्चोक गाउँपालिका सभापति अर्जुन प्रसाद शिबाकोटीले यसअघि पालिकाका पदाधिकारीहरुले मिलिभगत गरेर लुटेको करोडौं रकम छल्न केन्द्रको विषयलाई अघि सारेर नाटक मन्चन गरेको आरोप लगाए । उनले गाउँपालिका केन्द्रलाई मुख्य विषय बनाए जस्तो गरेर भ्रस्टाचार छल्न गरेको नाटक जनतालालाई मान्य नहुने बताउदै त्यसतर्फ कानुनी निकायको ध्यानाकर्शण समेत गराएका छन् । रातारात कार्यालयका सामाग्री चोरेर अन्यत्र लैजाने अधिकार कसैलाई नभएको बताउदै कांगेसले दोसीउपर कार्बाहीको माग गरेको छ ।

कांग्रेसले गाउँपालिका केन्द्र कुन ठाउँमा राख्ने भन्ने बारेमा स्थानीय सरकार सञ्चालन ऐनमा तोकेको विधि प्रकृयालाई आत्मसाथ गरि दुई तिहाई जनप्रतिनिधिले समर्थन गरेको ठाउँमा हुनुपर्ने जनाएको छ । सभापति शिबाकोटीले भने ‘हामी पालिकाको केन्द्र यता उता भन्ने पक्षमा छैनौं, दुई तिहाई जनप्रतिनिधिले टुंग्याएको ठाउँ जहाँ हो कांग्रेस सोही ठाउँलाई स्विकार्न तयार छ’ । तर केन्द्रका विषयलाई लिएर रातदिन ठगिखाने माध्यम बन्न हामी दिदैनौं उनले भने कांग्रेस ससक्त विद्रोहमा उत्रने मात्रै होइन के हुन्छ त्यसको परिणामको जिम्मेवारी लिन तयार रहन समेत चेतावनी दिएका छन् ।

उनले कालिञ्चोक गाउँपालिकाका वर्तमान पदाधिकारीले समाजमा मुख देखाएर हिड्न पनि लाज लाग्नुपर्ने भन्दै नैतिकताकमा आधारमा राजीनामा दिएर जनतालाई संघियताको मर्म अनुभुत गर्न मौका दिनुपर्ने समेत बताएका छन् । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस दोलखाका सचिब सुर्य बहादुर आचार्य वालकृष्णले नेकपा नेतृत्वका जनप्रतिनिधि भनाउदा स्वार्थीहरुको कारण कालिञ्चोक गाउँपालिका वर्षौ पछि परेको बताउदै दोलखा कांग्रेसले जनहितका लागि भएपनि कडा कदम चाल्ने चेतावनी दिएका छन् । सम्मेलनमा नेपाली कांग्रेस दोलखाका सहसचिब हरिशरण शिबाकोटी , किसान संघका सभापति एवं कांग्रस नेता सुरेन्द्र प्रधान , कांग्रेसका कालिञ्चोक गाउँपालिका सचिब पदमराज पाठक लगाएत सहभागी थिए ।