सागका लागि फेन्सिङ टिम थाइल्याण्ड जादै,पदक विजेतालाई पुरस्कारकाे घाेषणा



काेरिया।दक्षिण एशियाली खेलकुद सागको तयारीका लागि फेन्सिङ टिम थाइल्याण्ड जाने भएको छ । सागका थप प्रशिक्षणका लागि नेपाली फेन्सिङ टिम बैंकक जाने भएको हो ।

प्रशिक्षणका लागि जाने खेलाडीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले विदाई गरे । हाल २४ जना खेलाडी सागको तयारीमा बन्द प्रशिक्षणमा रहेका छन । जसमा यसपटक २२ जना खेलाडी बैंकक जाने भएका छन । दुई जना खेलाडी चीनमा जारी आर्मी खेलकुदमा सहभागि भएकाले केहि दिनपछि जानेछन । उनीहरु प्रतियोगिता सकिएर फर्किएपछि थाइल्याण्ड जाने नेपाल फेन्सिङ संघक महासचिव सुजनलाल श्रेष्ठले नेप्लेजलाई बताए ।

करिव २२ दिनको थाइल्याण्ड बसाईमा खेलाडीले प्रशिक्षणका साथै एक्पोजरका लागि प्रतियोगितापनि खेल्नेछन । दक्षिण एशियाली खेलकुद सागमा फेन्सिङ खेल पहिलो पटक समावेश गरिएको हो । नेपाली खेलकुदमा महंगो खेलका रुपमा रहेको फेन्सिङको बन्द प्रशिक्षणमा प्राय विभागिए खेलाडीको बर्चश्व रहेको छ ।

विदाई कार्यक्रममा फेन्सिङ संघका अध्यक्ष सुनील श्रेष्ठले पुरस्कारको पनि घोषणा गरेका छन । जसमा सागमा स्वर्णपदक ल्याउनेलाई ५० हजार रजत जित्नेलाई २० हजार र काश्य जित्नेलाई १० हजार रुपैयाँ संघले पुरस्कार दिने बताए । यस्तै यदि टिम च्याम्पियन भएमा २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।