कोरियाले छोट्टाउदै दुरी,उच्च गतिको रेल तथा भूमिगत मार्गको ब्यापक बिस्तार गर्दै



काेरिया।दक्षिण कोरियाले नगरपालिका क्षेत्रमा ब्यापक भूमिगत मार्गको बिस्तार गर्ने भएको छ।सन् २०३० सम्म पुरा हुनेगरी उच्च गतिको रेलमार्ग निर्माण गर्न लागिएको यातायात तथा पूर्वाधार विकास मन्त्रालयले बिहिबार बताएको छ।उक्त भूमिगत मार्ग निर्माणले नगरपालिका भित्रको यात्रामा ३० प्रतिशत समयको बचत तथा लाग्ने भाडामा पनि ३० प्रतिशत कमि आउने मन्त्रालयको ठहर छ ।

भूमिगत मार्ग निर्माणलाइ उच्च प्राथमिकतामा राखी उच्च गतिका रेलहरुपनि थपिने लक्ष रहेको बताइएको छ। बिसेष गरि सियोल क्षेत्रमा ग्यांङ्बेयन क्षेत्र देखि ओलम्पिकक्षेत्र सम्मको मार्गलाई पहिलो प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ। उक्त भूमिगत मार्गहरु सार्बजनिक यातायातको लागि मात्र प्रयोग हुने छन भने बाहिरि मार्गहरु निजि यातायातको लागि प्रयोग हुनेछन।

त्यस्तै यातायात मन्त्रालयले धेरैजसो भिडभाड हुने क्षेत्र ख्यान्ग्गीदो , किम्पो तथा इन्छन आदिमा डी नम्बर लाइन निर्माण गरि उच्च गतिका रेल सर्भिस सुचारु गर्ने बताएको छ l हाल चल्दै आइरहेका GTX का A,B, र C लाइन लाइ निर्धारित समय भन्दा पहिला निर्मार्ण गर्ने लक्ष राखिएको छ l ह्वासंङ् तथा ख्यांगी क्षेत्रमको लाइन नम्बर A सन् २०२३ सम्म निर्माण सम्पन्न हुने छ भने B र C लाइन क्रमस २०२२ र २०२१ मा सम्पन्न गर्ने बताएको छ।