(अपडेट)सुकुटे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १६ पुग्याे,५० घाइते



दाेलखा।दोलखाको मागादेउरालीबाट काठमाडौँ आइरहेको बस सिन्धुपाल्चाेककाे सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो ।

चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका ५० जनाको उद्धार गरी अस्पताल लगिएको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र ४ जना बालबालिका रहेका छन् ।उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।