श्यामामा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते



दाेलखा।कात्तिक १८,दोलखाको जिरी नगरपालिका १ मा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।जिरी नगरपालिका १ च्यादुकेका ७४ वर्षीय पदम बहादुर खड्का भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।अाज बिहान करिब ६ बजे तिर घर नजिकैको बारीमा खेत जाेत्न हलाे लिन जाने क्रममा भालुले उनलाई अाक्रमाण गरेकाे हाे।घाइते खड्कालाई जिरी अस्पतालमा सामान्य उपचार पश्चात् काठमाण्डौं रिफर गरिएको छ भने खड्काकाे घाँटी टाउको र अनुहारमा चाेट लागेकाे छ।