हिउँद महिना सुरुभए सँगै दोलखामा बढ्यो पर्यटकको चहलपहल



दोलखा प्रमुख पर्यटक केन्द्रहरु तस्बिर:-कालिञ्चाेक अनलाईन दोलखा

दोलखा,१८कात्तिक।हिउँद सुरुभए सँगै दोलखामा पर्यटकको संख्यामा वृद्धि भएको छ।जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल कालिन्चोक टाकुरा जाने सडक स्थानीयले मर्मत गरेर सवारीसाधन आवतजावत गर्न सहज बनाए पछि कात्तिकको दोस्रो सातादेखी पर्यटनको ओहोरदोहोर बढेको छ।कात्तिक महिनाको पहिलो साता कुरीका स्थानीय होटल व्यवसायीहरुको पहलमा सडकको दायाँबायाँ झरेको ढुङ्गामाटो पहिरो पन्छाएर सडकको मर्मत गरेसगै कालीञ्चाेक आउने पर्यटकको चाप बढेको हो।

बर्षा सँगै विग्रेको सडक मर्मत गर्न सोही स्थानका होटल व्यवसायीले पाँचलाख रुपैया व्यवसायीहरु सग उठाएर सडक मर्मतभएसँगै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको कालिन्चोकमा होटल व्यवसाय गर्दै आएका होटल व्यवसायी हरि ओलीले बताए।उनका अनुसार पछिल्लो समय दोलखा आसपासका पर्यटकको उपस्थिति बाक्लो हुनेगरेको छ।
करिब ५ महिना देखी सुनसान देखिने कालिन्चोक भगवतीको मन्दिर कात्तिक महिना सुरुभए सगै पर्यटकको चाप बढेको उनले बताए।

चरिकोट कुरिदेउराली कालिञ्चाेक सडक निर्माणसँगै कालिन्चोक र जिल्लाको सदरमुकामका होटलहरुमा पर्यटकको आगमन बढेको छ।असोज महिनाको अन्तिम साता सम्म फाट्टफुट्ट मान्छेको ओहोरदोहोरले पातलिएको बजार अहिले भरिभराउ देखिन थालेको स्थानीय होटल व्यवसायीहरु भनाइरहेको छ।पर्यटकको दशैको अवसरमा असोज महिना कालिन्चोकमा सबैभन्दा बढी २ सय पर्यटक कालिन्चोक पुगेका थिए।त्यससँगै कात्तिक सुरुभए पछी तिहार पर्वको अवसरमा सात देखी आठ सयको हाराहारीमा पर्यटक र भक्तजन कालिन्चोक भगवती मन्दिर आएको कालिन्चोक केबलकार प्रालिका कर्मचारी सागर तामाङले जानकारी दिए।दशै र तिहारको चहलपहल सकिए पनि चरिकोट र कालिन्चोक कुरिका होटलहरुमा पर्यटकको चहलपहल उस्तैरहेकाले यस वर्षको सिजन कात्तिक महिना देखीसुरु भएको सदरमुकाम चरिकोटमा होटल व्यवसाय चलाउदै आएका स्याम कार्कीले बताए।

हिमाली जिल्ला दोलखाका प्रमुख पर्यटन केन्द्र जस्तै मानिने चरिकोट,कालिन्चोक,गौरीशंकर,जिरी,शैलुङ लगायतका ठाउँमा सदैव हिउँदको समय सुरुभए पछिमात्र पर्यटकको आगमन बढ्ने गरेको पाइएको छ।विशेषगरी दोलखाको भिमेश्वर कालिन्चोक, खरिढुङा,जिरीमा लगायतका धार्मिक तथा अन्य स्थलमा पर्यटकको बर्षेनी घुँइचो लाग्ने गरेको छ । यी ठाउमा पर्यटकको ओहोरदोहोर वृद्धि हुनसाथ सदरमुकाम चरिकोटमा रहेका होटलमा पर्यटकको चाप बढ्न थालेको सदरमुकामचरिकोटमा होटल व्यवसाय गर्दै आएका होटल क्रिस्टलका संन्चालक कुमार श्रेष्ठले दशै पछि पर्यटकको संङख्या बढे्को बताए।