खसी काटेको आरोपमा काेरियामा एक नेपालीलाई १० लाख जरिवाना



काेरिया।दक्षिण कोरियामा एक नेपालीलाई सार्वजनिक स्थलमा खसी काटमार गरेको अभियोगमा सुवन जिल्ला अदालतले १० लाख काेरियन वन जरिवानाको फैसला गरेको छ । सुवन जिल्ला अदालतको फैसलामा अभियुक्त थापाले तोकिएको समयावधीमा उक्त जरीवाना भुक्तानी नगरे जेल चलान गर्न सकिने छ।

ख्यङगिदो प्रान्त,योङईन सिटिको किहुङगु स्थित एक सार्वजनिक स्थतमा गत सेक्टेम्बर १२ तारिख दिनको अन्दाजी १०.१५ बजे जिउदो खसीलाई धारिलो हतियारले हत्या गरि रहेको अवस्थामा स्थानीय प्रहरीले पक्राउ गरेकाे थियाे।कोरियाको कानुनी प्रावधानमा सार्वजनिक स्थलमा बन्यजन्तु तथा चराचुरुङगीको हत्या गर्नु अपराध रुपमा लिईन्छ।