कोरियामा एक नेपालीको मृत्यु



काेरिया।कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ रहेका एक नेपालीको मृत्यु भएको छ।६ बर्ष पहिला कोरिया आएका रौतहटका संजय बिकको मृत्यु भएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन।

३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आइ अबैधानिक रुपमा काम गर्दै आइरहेका थिए।उनि पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना भै उपचार्थ थिए।हेपाटाइटिस रोगबाट ग्रसित बिकको उपचारको लागि आर्थिक अभाब भएको भन्दै कोरियामा रहेका बिभिन्न संघ संस्थाले आर्थिक संकलन अभियान पनि चलाएका थिए।

“निरन्तर को उपचार पश्चात स्वास्थ्यमा केहि सुधार देखिएको भएता पनि अन्तत बाच्न सफल भएनन।उनि गएराती अस्पतालले मृत घोषणा गरेको थियो ।हाल उनको श्रीमती पनि कोरिया रहेकोले उनको दाहसंस्कार कोरियामै गर्ने तयारि भैरहेको बताइएको छ।उनको एक छोरा समेत छन्।

घटनावारे सोल स्थित नेपाली दुतावासले पुष्टि गरेको छ।श्रम कन्सुलर डिल्लीराम बास्तोलाले परिवारको इच्छा बमोजिम नै शवलाई कोरियामै दाहसंस्कार गर्ने सम्पूर्ण प्रक्रिया मिलाइएको बताएका छन्।