दोलखामा पौभा थाङ्का चित्रकला कार्यशाला शुरु



दाेलखा।दोलखाको सरमुकाम चरिकोटमा पौभा थाङ्का चित्रकला कार्यशाला शुरु भएको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानको आयोजनामा चरिकोटमा आयोजना गरिएको कार्यशालामा देशभरका कलाकारहरुको सहभागिता रहेको छ । ललितकला प्रज्ञा प्रतिस्ठान अन्तर्गत परम्परागत शिल्पकला बिभागले आयोजना गरेको उक्त कार्यशालामा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट पुरस्कार प्राप्त १७ जना कलाकार हरुको सहभागिता रहेको आयोजकले जनाएको छ । ६ दिन सम्म हुने कार्यशालामा कलाकारहरुले विभिन्न कलाहरुको चित्रण गरिने कलाकार भुमिराज चौलागाईंले बताउनु भयो ।

कार्याक्रममा पौभा थाङ्का सम्बन्धि विभिन्न कला प्रस्तुत गरिनुका साथै बरिस्ठ कलाकारहरुको अनुभव आदनप्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम को उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य पार्बत गुरुङले कला संस्कृति हामी नेपाली हरुको सम्पती भएको हुदा सबैले संरक्षण गर्नु पर्ने बताउनु भयो । ललितकला प्रज्ञा प्रतिस्ठानका प्रमुख तथा कलाकारहरुको सहभागिता रहेको छ । कार्यक्रम चरिकोटको होटेल शुभेच्छामा संचालन भइ रहेको छ ।