बित्तीय संस्थालाई बार्षिक कार्यक्रमको चटारो



दोलखा,३० कात्तिक।दोलखामा खुलेका बित्तीय संघसंस्थालाई यतिबेला कसरी वार्सिक कार्यक्रम साधारणसभा सकाउने भन्ने चटारो चलिरहेको छ। करिब नौ अर्ब पुर्जी जम्मा गरेका दोलखा सानाठुला सहकारीको बार्षिक कार्यक्रम सकाउन चटारो चलेको हो।सदरमुकाम चरिकोट रहेका सानो पुर्जी भएका तीन वटा सहकारीले आफ्नो साधारणसभा सनिवार सम्पन्न गरेका छन्।भिमेश्वर नगरपालिकालाइ कार्य क्षेत्र बनाएर बचत तथा ऋणको कारोबार गर्दै आएको संस्था सगुन बचत तथा ऋण सहकारी संस्था चरिकोटले आफ्नो एक वर्ष भरिको उपलब्धि सुनाउदै सातौ साधारणसभा सम्पन्न गरेको छ।

३६ जना शेयर सदस्य बाट सुरुगरेको सहकारीले सात वर्षको अवधिमै राम्रो पुर्जी जम्मा गर्न सफल भएको सहकारीका सचीव लुंगु लामाले बताए।आर्थिक वर्ष ०७५/७६ को प्रगति प्रतिवेदन सहकारीका काेषअध्यक्ष वीर बहादुर तामाङले कुल १ करोड ७६ लाख ९३ हजार पाँच सय बराबरको आर्थिक प्रतिवेदन साधारणसभामा प्रस्तुत गरेका थिए।साधारणसभा संस्थाका अध्यक्ष नवीन कुमार लामाको सभापतित्व र जिल्ला सहकारी संघ दोलखा अध्यक्ष हेमन्त चौलागाईंको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियो।

त्यसैगरी सदरमुकाम चरिकोटमा रहेको सारथि बचत तथा ऋण सहकारीले पनि आफ्नो सातौ साधारणसभा सम्पन्न गरेको छ।यस सहकारीको कुल सम्पत्ति २ करोड ७८ लाख ६५ हजार पुगेको छ भने सेयर २८लाख ८० हजार रहेको आर्थिक प्रतिवेदन मार्फत जानकारी गराइएको छ।सहकारीको नाफा दुई लाख रहेको छ।त्यसैगरी भिमेश्वर नगरपालिकामै रहेकोअर्को सहकारी संस्था चरिकोट बहुउद्देश्यीय सहकारीले पनि आफ्नो बार्षिक कार्यक्रम कात्तिकको अन्तिम सनिवार सम्पन्न गरेको छ।

यस संस्थाकाे कुलपुर्जी ४९ लाख २० हजार पुगेको र खुद नाफा दुई लाख ४५ हजार रहेको सहकारीका अध्यक्ष पुर्णप्रताब केसीले जानकारी दिए।पाँच सय भन्दा बढी सहकारीरहेकोे दोलखा जिल्लामा कात्तिकको अन्तिम सातासम्म करिब तीन सय सहकारीले साधारणसभा सम्पन्न गरिसकेको जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए।