सरकार अधिनायकतावाद तर्फ उन्मुख भएको कांग्रेस उपसभापति निधिको आरोप



रामेछाप।कार्तिक ३०,नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार अधिनायकतावाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् । संघियता र लोकतन्त्रलाई विश्वास नगर्ने नेकपाको हातमा सक्ता गएकाले उसले संघियतालाई कमजोर बनाइरहेको उनको भनाई छ। शनिबार रेडियो तामाकोसीको दोस्रो साधारणसभा कार्यक्रमलाई रामेछाप सदरमुकाम मन्थलीमा बोल्दै उपसभापति निधिले सरकारले प्रभावकारी काम गर्न नसक्दा भ्रष्टचार , महंगी , बलात्कार जस्ता क्रियाकलापहरु बढ्दै गएको बताए।

उनले प्रदेश सरकारले भनेका कामहरु स्थानीय सरकार नमान्ने बाताबरण सिर्जन गरी संघिय सरकारले प्रदेश सरकारलाई अपाङग बनाएको आरोप समेत लगाए।पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधिले मुलुकमा अहिले भएको विकास निर्माणका काम र राजनितिक परिवर्तन कांग्रेसकै योजना अनुसार भएको दाबि गरे । उनले नेपालमा रहेका सञ्चारमाध्ययमहरुको विकासका लागि नेपाली कांग्रेसले विभिन्न कार्यक्रमहरु ल्याई कार्यान्वयन गरेको र सोहि अनुसार अहिले सञ्चारक्षेत्र विकसको नयाँ चरणमा पुगेको बताए।