दोलखाबाट चौथो मन्त्री बने गुरुङ



दोलखा।मंसिर ५,दोलखा जिल्लाबाट केन्द्र सरकारमा हाल सम्म ४ जना मन्त्री बनेका छन् ।सांसद गुरुङ चौथो मन्त्रीको रुपमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त शुक्रबार बिहान भएका छन्।यस अघि स्वर्गिय भीम बहादुर तामाङ देशमा बहुदलीय व्यवस्थाको पुनं.स्थापना पश्चात सम्पन्न २०५१ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित हुदै तत्कालीन मन्त्रीमण्डलमा कानुन तथा न्याय मन्त्री बनेका थिए ।

त्यसैगरि ०६४ को चुनावमा दोलखा १ बाट प्रत्यक्षतर्फ विजयी बनेकी तत्कालिन नेकपा माओवादि केन्द्रकी नेतृ देवि खड्का पूर्व भौतिक योजना तथा यातायात राज्यमन्त्री बनेकी थिइन। भने २०७० सालको निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचिन आनन्द प्रसाद पोखरेल संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेका थिए।

बुधबार साँझै केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन ।