भूडीकै चलखेलमा नासिदैछ देशको अखण्डता



“कविता”
दुस्मन कसलाई मान्ने ?रोजीरोटीको सवाल छ ।
सबै पीडित छन् यहां , पीडक कहां खोज्ने ?
शत्रु त त्येस्को हुन्छ जस्को नियतमा खोट छ ,
बीरताको खोल ओढेकाहरु जस्को नीतिमा भ्वांङ छ ।
न पत्याउने भूडीले पनि देखायो आफ्नो बीरता ,
भूडीकै चलखेलमा नासिदैछ देशको अखन्डता ।
स्वाभिमान र राष्ट्रवादको चर्का नारा दिनेहरु …
यहिले कहां छौ ?
राष्ट्रको माटो र पानी बेचेर गंगा नुहाउनेहरु….
पबित्रताको खोल अोढेर कासीमा रमाऊनेहरु ….
तिमीहरुको खोक्रो राष्ट्रबाद यहिले कहां छ …..?
जातिय अहंकारमा रमाऊनेहरु,
शत्रुताको बिगुल न फुक,
नेपालको माटोमा रजाईं गर्नेहरु ,
नेपालीको बीरता नभुल ।
नेपाली शेर हो झुकेन कहिल्यै यो जगतमा ,
गोर्खालीको गर्जनमा विश्व कामे नभुल सतरन्जमा ।

रचना – भोलाप्रसाद लोहनी (पाञ्चाल)