दोलखा कला प्रवर्द्धन समाजको बनभोज कार्यक्रम चाेभारमा हुने



मंसिर ८, दोलखा कला प्रवर्द्धन समाजले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी मंसिर २१ गते किर्तीपुरको चोभारमा वनभोजको कार्यक्रम हुने संस्थाका अध्यक्ष जित बहादुर खड्काले जानकारी दिनुभयो । लामो समय देखि गीतसङ्कगीतमा लागेका दोलखाका कलाकारहरुलाई एकजुट बनाउन सहज हुने भन्दै यस संस्था दर्ता गरिएको हो । संस्था सबै बिधाका कलाकार र ब्यवसायीहरुलार्इ पनि समेटेर अगाडि बढ्ने संस्थाका सचीव तथा कलाकार तिर्थ बस्नेतले जानकारी दिनुभयो ।

उहाँले यसपाली देउसी भैलो कार्यक्रम पनि सहजै रुपमा सम्पन्न गरेको प्रस्ट पार्नुभयो । यो संस्था भर्खरै जन्मेको शिशुको अबस्थामा रहेको भन्दै उहाँले आगामी दिनमा सबै अग्रज नयाँ कलाकारलाई समेटेर सम्पुर्ण दोलखालीको संरक्षक संस्था बनाउने कोषिस गरिरहेको बताउनुभयो । वनभोजमा चर्चित कलाकारहरुको रमाइलो प्रस्तुती समेत रहने भएकाले ईच्छुक सबैले उपस्थित हुन पाउने संस्थाका सचीव वस्नेतले जानकारी दिनुभयो ।