बिदेशबाट फर्किएर,आफ्नै देशमा सुँन फलाउने कि?



नवराज बस्नेत।काेरिया प्रायःजसो हामीहरु नेपाल फर्केपछी के गर्ने भन्ने कुराले नै मानसिक तनाब झेलिरहेका हुन्छौं।बिदेशमा बसेको ५/१० बर्ष को अाम्दानिले शहरमा एउटा घडेरी किन्छौ।सके घर बनाउने,न सके अझै कमाउने।घर चै जसरी नि बनाउने ।चाहे बिदेश जति बर्ष बिताउन नपरोस् ।जब घर बनाउछौ तब,हामीले कमायको लगभग सबै पैसा सकिन्छ।नपुगे ऋण गर्ने सहकारी छदैछ नि! त्यो पनि १६% ब्याजदरमा।यसैपनि घर बनाउनु नै छ,जग्गा पनि किनेको छैन भने त झन? बिदेस गएर मोजमस्ती गर्‍यो,पैसा बचत गर्न सकेन, बिग्रिएछ भन्ने हाम्रो समाजकाे अहिलेको बर्तमान अवस्था छ।

यो अवस्थाको अन्त्य गर्नको लागि हामी र हाम्रो समाज परिवर्तन हुन जरुरी देखिन्छ।वर्तमान परिपेक्क्षमा बिदेशमा कमाएको पैसा जति सबैभन्दा बढि लगानी हुने क्षेत्र नै घरजग्गा करोबार भएको छ ।यो अबस्थामा अगाडि जाने हो भने अबको १० बर्षपछि,कुनै पनि सर्वसाधारण जनताका छोरा छोरीले संसारको सबैभन्दा धेरै अाम्दानी हुने देशमा गएर पनि सुविधाजनक शहरमा एउटा भने जस्तो जग्गा समेत किन्न नसक्ने अबस्था आउने देखिन्छ।यो भनेको अहिलेको आनाको १० लाख पर्ने जग्गा लाई आनाको १ करोड भन्दा पनि माथी पर्न आउने जस्तै हो ।जस्तै कि, आनाको १०लाख मा २ बर्ष अगाडी किनेको जग्गा लाई अहिले २०लाखको हाराहारीमा पर्न जान्छ।

१० बर्ष पछि महङी अरुकुराहरुमा पनि बढेर जानेछ। नेपालमा आय्श्रोत केहिपनि हुनेछैन।जब हामी आफ्नो श्रम स्वदेशमा नै बसेर अरु देश निर्यात गर्छौ भने त्यो ब्यापार नाफा बढ्नु हो ।बिदेशमा बसेर कमाएको पैसा अनुद्पादक छेत्रमा लगानी गर्नु भनेको देशकाे अर्थतन्त्र ओरालो लाग्नु हो।नेपालमा बसेर १० रुपैया पर्ने सामानमा आत्मनिर्भर हुनु,त्यो सीपलाई नेपाल भरी फिजाउनु पर्दछ ।कम्तिमा १० रुपैया पर्ने भारतबाट अायात हुने सामान स्याम्पुलाई मात्रै हामी आफै बनाउन सकेको खण्डमा २ करोड रुपैयाँ×१० रुपैयाँ=१ दिन हुन आउने छ ।उदाहरणको लागि हामी प्रतेक नेपालीले दिनको १०रुपैयाँको स्यम्पु प्रयोग गर्छौ।१ दिनमा त्यो पैसा २० करोड रुपैया बाहिर जान नदिनु हो ।

घर जग्गामा लगानी नगर्ने कि ?

बिदेशमा गयो अलि कति कमायो,के मा लगानि गर्ने?घर त बनाइयो,त्यस्पछी के गर्ने?आजभन्दा करिब ८ बर्ष अगाडि म रेडियोमा काम गर्दा,रिपोर्टिङको लागि इपियस फम भर्नेको लाइनमा पुगेको थिए। त्यहाँ तेस्तै कुरामा बहस भएको थियो। कोरिया जाने,कमाउने अनि घर त बनाइएला ।अनि !तेस्पछी के गर्ने ?…घर बनाउने कुरा गर्दा लगभग ५ बर्षको कमाई सकिने अनुमान लगाउन सकिन्थ्यो। बिदेश!!,त्यो पनि अरुको भाषा बोल्ने,सुन्ने,अनि बुझ्ने ।तेहि अनुसार काम गर्ने!।भाषा नजानेर सुखै छैन,! किनकी धेरै जस्तो ठाँउमा ईंग्लिश भाषाको प्रयोग हुदैन। फेरि उमेरको हद,उमेर को हद भन्नेमा बल जो सङ छ,त्यो रोजाईमा पर्ने ।यसरी पाखुरी बजारेर ५/१० बर्षमा जम्मा एउटा घर मात्र हुन्छ हामिसङ! भने?,बिदेश किन जाने ? बस्न लाई त जेन्तेन हामी अहिलेपनी बसेकानै छौ नि ?त्यो बेला यसरी तर्क गर्नेहरु नै आफ्नो ५ बर्से कर्यकाल सकेर फेरिपनी कोरियामा नै नहोलान भन्न सकिन्न।कोरिया मात्र नभएर हामि चाहे जुनसुकै देशमा किन नहुनु, हामी नेपालमा केहि गर्न चाहना पक्कै राखेको नै हुन्छौं।

कता जान्छ जग्गामा लगानी भएको पैसा ?

लगभग ५० लाख युवा बिदेशि भुमिमा पसिना बगाइरहेका छन्। ५० लाख मध्ये कतिले आफ्नो लागि खर्च कटाई बाकी पैसा आफ्नो घर परिवार लाई जिम्मा लगाउछन भने कतिले आफ्नै खातामा बैकमा जम्मा गर्छन।२५ लाखले चै पक्कै आफ्नो पैसा जग्गामा लगानी गरेका हुन्छन्। सुविधाजनक नेपालको सहरहरु मध्येका प्राय ठाँउमा अहिले औसत घर बन्न मात्र पुग्ने जग्गा लाई ३०/४० लाख को हाराहारीमा पर्न जान्छ। ३०/४० लाख पैसा कामाउन लाग्ने समय कति?औसत ४ बर्ष ?महिनाको १ लाख भन्दा बदि कमाई छ भने मात्र नत्र जग्गा किन्ने सपना पनि सपनामा मात्र सिमित हुने देखिन्छ। अहिले को अबस्थामा १० बर्ष सम्म १ लाख कमाई भए सानो घर बन्छ। तेसो भएपछी मानिसहरुको अहिले मानसिकता परिबर्तन भयेको देखिन्छ।जो सङ पैसा उ नेता,जस्ले पैसा पेल्यो उ प्रतिनिधि । प्रायः घर जग्गा प्लटिङ गर्ने नेता कार्यकर्ता घर बनाउने गिटि बालुवा उधोग नेता कर्याकर्ताको ।अब पैसा कता जाला सिदै अनुमान लगाउनुहोस।

किन सरकारी रेट र चलेको रेट फरक ?

जुनसुकै देशमा पनि सरकारले ठाउँअनुसार त्यहाको जग्गाको मुल्री निर्धारण गरेको हुन्छ।विश्व विकास बैंकले तेस्ता हरेक कुराहरू लाई मूल्याकंन गरेर देशको समग्र प्रतिबेदन बनाउने गर्दछ।नेपालमा नेपाल राष्ट्र बैंकले पनि नेपाल को जुन्सुकै ठाँउ र जमिनको मुल्य निर्धारण गरेको हुन्छ।तर कागजमा एक मुल्य,कारोबार भने अर्को १५ दोब्बर मा हुनेगर्छ ।यसरी स्पस्ट नीति नहुनु,नीति भए पनि सबैले नमान्नु ने लै नेपाल सरकारले दैनिक अर्बौं कर घाटा ब्यहोरिरहेको छ। अनुत्पादक भनेको सरकारि दर अनुसार नभै बेक्तिको अफ्नै मुल्येले सरकारलाई लाभ नहुनु तर माफिया दलाल हरु मालामाल हुनु भनेको हामीले लगानी गरेको पैसा बालुवामा हाल्नु जस्तै भयेको छ ।

त्यसैले सकेसम्म वैदेशिक लगानीले आफ्नै देशमा गरेको सानो ब्यवसायले हामी आफू आत्मनिर्भर हुन सक्दछौ।सङ्सङै हामीले अन्य २/४ जनालाई आफ्नै देशमा रोजगार दिन सक्द्छौ।आफ्नै सरकारलाई कर तिर्दछौ।भावी सान्तानलाई समेत अरुको देशमा गुलामी गर्न नजान सुझाब दिनेछौ।हाम्रो रास्ट्रलाई आफ्नै देशमा बसेर योगदान दिनेछौं।हामी घर जग्गामा लगानी नगरी पेसा र ब्यवसायमा लगानी गर्नेछौ ।हामी र हाम्रो सन्ततिको भबिस्य उज्ज्वल बनाउने छौ।भन्ने सन्देश दिन्छ।

नबराज बस्नेत कालिञ्चाेक अनलाईन पत्रिकाका संवाददाता हुन।