संञ्चारको दुनिंयामा हामी



काेरिया।संञ्चार हाम्रा लागि अपरिहार्य भइसकेको छ । प्रबिधी अनुसार संचारलाई पछ्याउन मानिसले धेरै समय खर्चेका छन् । आदिमकालदेखि अहिलेसम्म मानिसले संचारको तौरतरिका बदल्दै आएका छन् । नयाँ र सजिलो संचारका प्रबिधी उत्पादनमा बिश्वका मानिसहरु अहोरात्र खटिएका छन् । हामी उनिहरुकै उत्पादनलाई उपयोग गरेर हाम्रा आबस्यकता पुरा गर्देछौं ।

संचारका साधनबाट हाम्रा साध्यहरु हामीले पुरा गर्ने जमर्को गर्देछौं । हाम्रा साध्यहरु हाम्रै आबस्यकताहरु हुन् । यी आबस्यकता पत्रकारिता मार्फत ब्यक्त हुनेछन् । नेपालमा पत्रकारिताको शुरुवात भएको धेरै भइसक्यो । यसको इतिहास लामो छ । तर, पत्रकारिताको ब्यबहारिक बिकास बल्ल हुन थालेको यथार्थ भुल्न हुँदैन । ०४६ सालमा प्रजातन्त्र आएपछि यसले मुर्त रुप लिन थालेको हो । नागरिकका गुनासोका आधारमा अझै नेपाली पत्रकारिता खासमा ब्यबहारिक हुन सकेको छैन । यसका केहि महत्वपुर्ण आयामहरु छन् ।

पत्रकारितालाई जनताको जिविकासंग जोड्ने प्रयास नभएसम्म हाम्रा मिहिनेतहरु खेर जानेछन् । यसैलाई मध्यनजर गर्दे आजदेखि हामी नयाँ ढंगले प्रस्तुत हुन गइरहेका छौं ।

आजका मितिसम्म हामी परिक्षण अबधीमै थियौं ।आजदेखि हामी नेपाली संचार क्षेत्रमा पुर्ण ब्यबसायीक रुपले होमीएका छौं । हाम्रो पत्रकारितामा भ्रष्टहरु, नैतिकहरामहरु, देशद्रोहीहरु, गद्धारहरु र नालायकहरु शत्रु हुनेछन्।सदाचार, नैतिकवान, सहयोगी, अभियन्ता, विकासप्रेमी, राष्ट्रप्रेमी, इमान्दार र स्वावलम्वी हाम्रा मित्र हुनेछन् । यहि मुल मन्त्रलाई पछ्याएर अबका दिनहरुमा हाम्रो पत्रकारिता अघि बढ्नेछ ।

आजदेखि शुुरुवात भएको अग्रिम पाइलाहरुमा हामी तमाम नेपालीहरुको साथ खोजिरहेका छौं । हामी तपाईका हरेक समस्यासंग एकाकार बनेर समाधानको कडी बन्ने प्रयास गर्नेछौं । अबको पत्रकारिता सुचना मात्र होइन । समस्याका जराहरु खोतलेर समाधानका उपाय देखाउने सही बाटो पत्रकारिता बन्दै गएको छ । यसलाई हामी मनन गर्नेछौं । प्रबिधी बदलिएको हुनाले हामी यहि प्रबिधीलाई पछ्याएर भरपुर सदुपयोगका साथ नेपाली पत्रकारितामा सकारात्मक उपयोग गर्नेछौं ।

अतः पत्रकारिताको यो प्रतिस्पर्धात्मक भीडमा हाम्रो प्रयास जनतासंग पुर्ण रुपमा साक्षात्कार हुनेछ भन्ने बिश्वास दिलाउन चाहन्छौं । हामीलाई साथ सहयोग गर्नुहुने पाठक, दर्शक, स्रोता,सुभेच्छुक र सबै नेपाली दिदिबहिनी दाजुभाईहरुमा आभार ब्यक्त गर्दे आजदेखि हाम्रो नयाँ आयामलाई थप सहयोग, सल्लाह, जानकारी दिएर हौसला प्रदान गर्नुहुनेछ भन्ने पुर्ण रुपले अपेक्षा राखेका छौं ।