चरिकोटमा शंख फुक्न सुरु



दोलखा।१४ मंसिर, लामोसाँघु जिरी सडक अन्तर्गतको मुडे–चरिकोट सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै दोलखा जिल्लाबासिले ठेकेदारको नाममा शंख फुस्ने कार्यक्रम सुरु भएको छ।नागरिक समाजको अगुवाईमा जारी आन्दोलन अन्तर्गत अाज शनिवार जिल्लाबासिले ठेकेदारको नाममा शंख फुक्ने कार्यक्रम राखेका हुन् ।

सडक निर्माण कार्य छिटो सम्पन्न गराउन दबाव स्वरुप जिल्लाबासि ठकेदार कम्पनी विरुद्ध पटक-पटक चरणबद्ध आन्दोलनमा छन् । जस अन्तर्गत अाज शनिबार शंख फुकेर दबाव कार्यक्रम गर्न लागिएको हो ।

यस अघि सडक अलपत्र पार्ने निर्माण व्यवसायीको फोटो गाडीमा टाँस्नुका साथै मानव साङलो र सिठ्ठी जुलुस प्रदर्शन गरिएको थियो । ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक निर्माण कार्य अलपत्र परेपछि जिल्लाबासिले बर्षौँ देखि सास्ती ब्यहोर्दै आएका छन् ।