रामेछापको उमाकुण्डामा शान्तिपूर्ण रुपमा निर्वाचन सकियो



रामेछाप । मंसिर १४ ,रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिको वडाअध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । कुल १ हजार ७ सय ४८ मतदाता रहेको सो मतदान केन्द्रमा १ हजार १ सय ७२ मत खसेको छ । प्रितिमा जम्मा ६७ प्रतिसत मात्रै मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदान केन्द्रबाट मतपेटीकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा पुर्याएर मतगणना गर्ने तयारी भई रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।