पुर्खैली पेशाको संरक्षण गर्दै पुर्णबहादुर सार्की



बविता बिष्ट।पाल्पा मंसिर १५,परम्परागत पेशाको संरक्षण गर्दै पुर्णबहादुर पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीका पुर्ण बहादुर सार्कीले छालाका जुत्ता चप्पल बनाएर राम्रो आम्दानी गर्न सफल भएका छन। उमेर ७४ भएको थियो तर हामी उहाँको पसलमा पुग्दा काममा व्यस्त हुनुहुन्थ्यो। उहाँले बाबुबाजेले गर्दै आएको यो पेशालाई शरिरले भर दिएसम्म गरिरहने समेत बताउनुभयो। सार्कीले छालाका जुत्ता चप्पल बनाएर नै ३छोरा ५छोरीलाई पढाएर सबैको विवाह समेत गर्न सफल भएको बताउनुभयो ।

उहाँले दैनिक रु ५०० देखि रु८०० सम्म आम्दानी गर्न सफल भएको बताउनुभयो। यसवर्ष उहाँको पुर्ख्यौली पेसालाई सम्रछण गर्न प्रदेश सरकारले समेत रु पचास हजार प्रदान गरेको समेत बताउनुभयो।हाल भुवनपोखरीमा मुख्य पसल भए पनि हरेक आइतबार स्थानीय बजार पेलावासमा गइ घुम्ती पसल सञ्चालन गर्ने गरेको समेत उहाँले बताउनुभयो।रैनादेवी छहरा गाउँपालिका–३वडा प्रमुख लालबहादुर दर्लामीले वडामा रहेका परम्परागत पेशाको संरक्षणको लागि काम गरिरहेको बताउनुभयो।

साविकको वडा नं ८मा पुरै कुमाल जातिको बाहुल्यता रहेको हुनाले परम्परागत रूपमा माटोका भाँडाकुँडा बनाउने कामलाई निरन्तरता दिन योजना बनाएर अगाडी बढेको बताउनुभयो। उहाँले वडामा आरन सुधार गर्न र चुदारा जातिको बाहुल्यता रहेको स्थानमा काठका भाँडा बनाउने पेशाको संरक्षण गर्न कार्यक्रमको आयोजना गरी काम अगाडि बढाएको बताउनुभयो।रैनादेवि छहरा गाउँपालिकामा धेरैजसो वडाहरू बिभिन्न किसिमका जातिगत बाहुल्यता रहेको भएकाले परम्परागत पेशाको संरक्षण गर्नु जरुरी देखिन्छ।