उद्योग बाणिज्य संघ दोलखाले १० दिने दोलखा महोत्सव फागुनमा गर्दै



दोलखा,१५ मंसिर।उद्योग वाणिज्य संघ दोलखाले आगामी महिना फागुन २१ गते देखि फागुन ३० गतेसम्म १० दिने बृहत दोलखा महोत्सब आयोजना गर्ने निर्णय गरेको छ।
संघको दसौं पुर्ण बैठकले पर्यटन वर्ष २०२० लाई लक्षित गरि १० दिने बृहत दोलखा महोत्सब आयोजना गर्ने निर्णय गरेको हो।संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठका अनुसार स्थानीय तह , प्रदेश सरकार र संघिय सरकार सहित अन्य सम्पुर्ण सरोकारवालाहरुसँगको सहकार्यमा फागुन २१ गते देखि फागुन ३० गतेसम्म १० दिने बृहत दोलखा महोत्सब आयोजना गर्ने निर्णय भएको बताएका छन् ।

उनका अनुसार दोलखालाई आन्तरिक तथा बाह्य पर्यटकको नजरमा उत्कृष्ट पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न महोत्सब आयोजना गर्न लागिएको हो । अध्यक्ष श्रेष्ठले अन्तराष्ट्रिय समुदायमाँझ नेपालको दोलखा उत्कृष्ट र सुरक्षित पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न उक्त महोत्सब जरुर रहेको भन्दै सम्पन्न गर्नका लागि आम दोलखाली नागरिक सँगै अन्य सरोकारवाला निकायको सहयोग आबश्यक रहेको बताएका छन् । उनका अनुसार फागुन अगाबै महोत्सब गर्ने भनिएपनि जिल्लाका विकास निर्माणसँग सम्बन्धित केही समस्याका कारण फागुनको अन्तिम साता रोजिएको उपयुक्त भएको भन्दै सोही अनुसारको तयारी गरिएको हो ।निर्वाचन सकिएको ६ महिना पछि दोलखा उद्योग वाणिज्य संघले पुर्णता पाएको छ ।

संघको आइतबार चरिकोटस्थित सचिबालयमा बसेको पुर्ण बैठकले २ जना कार्यसमिति सदस्य र ४ जना सल्लाहाकार मनोनित गरेसँगै संघले पुर्णता पाएको हो । मनोनित हुने कार्यसमिति सदस्यहरुमा सिंगटी शाखाका टिकाभक्त शिबाकोटी र मागा देउराली शाखाका कर्ण बहादुर श्रेष्ठ रहेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । खुल्ला, एसोसियट र आरक्षण सहित १६ जना अध्यक्ष सहित कार्यसमिति सदस्य निर्वाचित भएको संघमा २ जना मनोनित र एक निवर्तमान अध्यक्ष गरि १९ जना रहने बैधानीक व्यवस्था छ ।

अध्यक्ष श्रेष्ठका अनुसार दसौं पुर्ण बैठकले ४ सदस्सीय सल्लाहाकार समिति समेत मनोनित गरेको छ । सल्लाहाकारमा मनोनित हुनेहरुमा रामेश्वर मानन्धर , पृथ्वीबहादुर श्रेष्ठ , बाबुकाजी बस्नेत र शुन्दर कुमार श्रेष्ठ रहेका छन् । संघको प्रेश सल्लाहाकारमा भने यस अघिनै पत्रकार श्याम खतिवडा मनोनित भैसकेको र अब सल्लाहाकारकोहरुको संख्या ५ जना पुगेको संघका महाँसचिब हेमराज रिमालले बताए । दसौं पुर्ण बैठकले संघमा लामोसमय देखि महत्वपुर्ण योगदान पु¥याएको भन्दै चरिकोटका व्यवसायी गंगासागर श्रेष्ठ , मैनापोखरी शाखाका अर्का व्यवसायी हरि प्रसाद दाहाल र लामो समयदेखि पत्रकारिता पेशामा आबद्ध संघका पुर्वसचिब समेत रहेका पत्रकार चिरन्जीबी मास्केलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।