लोकतन्त्रवादी नेता भीमबहादु तामाङको ७अाैँ स्मृति दिवस सम्पन्न



दाेलखा।सादा जिवन उच्च विचारका धनी आदर्श ब्यक्तित्व नेपाली काँग्रेसका दिवंगत नेता स्वर्गीय भीमबहादुर तामाङको सातौं स्मृति दिवस अाज सोमबार काठमाडौंमा मनाईयाे। भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान नेपालको आयोजनामा स्मृति दिवस मनाईएको हो ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित भीमबहादुर तामाङ आजको सन्दर्भमा शीर्षक अन्तक्रिया कार्यक्रमको नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरुले तामाङको लोकतन्त्र प्रतिको निष्ठा तथा उनका विचार आज पनि त्यत्तिकै सान्दर्भिक रहेको बताउँदै उनको स्मरण गरेका थिए ।यसै गरी नेपाली काँग्रेस दोलखाको पार्टी कार्यालयमा सोमबार नै तामाङको स्मरणमा उनको तस्विरमा माल्यार्पण गरिएको थियो ।