दुर्गम क्षेत्रमा भालु आतंक तीब्र



दोलखा,१७ मंसिर।हिमाल जिल्ला दोलखा उत्तरी क्षेत्र रहेको दुर्गम भेगमा पर्ने चित्रे गाउँका एक युवा जंगली जनावर भालुको आक्रमण परी गम्भीर घाइते भएका छन्।विगु गाउँपालिका वडा नम्बर ४ चित्रेका २४ वर्षिय टुल्के तमाङ भालुको आक्रमणबाट गम्भिर घाईते भएका हुन् ।मंगलबार विहान साँढे ७ बजे घरबाट गोठ जाँदै गरेका तमाङलाई भालुले आक्रमण गरी गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी रेशम बोहोराले जानकारी दिएका छन्।घाईते तमाङलाई उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याँईएको छ ।

यसअघि गत कात्तिक १८ गते जिरी नगरपालिका वडा नम्बर १ च्यादुकेका ७४ वर्षिय पदम बहादुर खड्का भालुको आक्रमणबाट गम्भिर घाईते भएका थिए ।त्यसैगरी जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ टाँसिनाममा एकसाता देखी जंगली जनावर भालुले आतंक मच्चाए पछि भालु नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय सिंगटिले प्रहरीको टोली खटाइएको थियोे ।

गौरिशंकर संरक्षण क्षेत्र भित्र पर्ने उक्त क्षेत्रमा कात्तिक १८ गते सोमबार देखी लगातार जंगली भालुले आतंक मच्चाएको स्थानीयवासीको भनाई छ ।१८ गते सोमबार जंगली भालुले स्थानीयवासी आइतिमाया तामाङको ३ वटा बाख्रा मारेको थियो भने निमछोरे शेर्पाको किराना पसलमा क्षति गरेको थियो ।


प्रतिक्रिया दिनुहोस