दुई वर्षमा भौतिक संरचना निर्माण,पुस देखी कार्यालय केन्द्र पाँडुडाँडामा



दोलखा,१८ मंसिर।बिकास निर्माण र गाउँपालिकका भौतिक संरचना निर्माणको हिसाबले पहिलो मानिएको जिल्लाको बैतेश्वर गाउँपालिकाले दाताले दिएको जग्गामा आफ्नो स्थायी कार्यालय निर्माण सम्पन्न गरेको छ।स्थानीय सरकार गाउँमा छिरेको साढे दुई वर्षको छोटो अवधिमा बैतेश्वर गाउँपालिकामा करिब ७० प्रतिशत कार्यालय भवन र वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन्।भौतिक संरचना निर्माण सगै कार्यालय धमाधम सर्ने तरखरमा रहेको गाउँपालिकका प्रमुख छवि लामाले कालिञ्चाेक अनलाइनलाई जानकारी दिए।जम्मा आठ वडा रहेको यस स्थानीयतहमा करिब ३५ हजार जनसंख्या रहेको छ।

नेपाली कांग्रेसले निर्वाचन जितेको यस पालिकाले अन्य स्थानीयतह भन्दा बिकास पुर्वाधार भौतिक संरचना निर्माणमा पहिलो बनेको उनले बताए।गाउँपालिकाको कार्यालयको लागी आवस्यक पर्ने भवन निर्माण सम्पन्न भएकाले पुसको दोस्रो हप्ता केन्द्र पाँडुडाँडामा कार्यालय लैजाने तरखरमा रहेको अध्यक्ष लामाले बताए।जिल्लाका कतिपय स्थानीय तह अहिलेसम्म स्थायी केन्द्र कहाँ राख्ने भन्ने टुंगोमा पुग्न नसकिरहेका वेला बैतेश्वरले छोटो समयमा यो प्रगति गरेको हो।स्थानीय तह पुनर्संरचना आयोगले तोकेको भूगोलमा स्थानीयहरूले निःशुल्क जग्गा उपलब्ध गराएपछि गत वर्षको बजेट बाट बैतेश्वर ६ को पाँडुडाँडामा गाउँपालिकाले भौतिक संरचना निर्माणको काम सुरु गरेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्काका अनुसार पाँडुमा प्रदेश सरकारको सहयोगमा सुविधासम्पन्न मिटङ हल निर्माण सम्पन्न भइसकेको छ ।,गाउँपालिका आफैँले बजेट विनियोजन गरेर निर्माण सुरु गरेको कार्यालय भवन र चिस्यान केन्द्र निर्माण कार्य ७०% (प्रतिशत) सम्पन्न भएको छ भनी कबर्डहल निर्माण तीब्र रूपमा भैरहेको अधिकृत खड्काले जानकारी दिए।अहिले केन्द्र पाँडुडाँडामा सातकोठाको सुबिधा सम्पन्न कार्यालय भवन, एकैपटक चार सय जना अटाउन सक्ने बैठक हल,र चिस्यानकेन्द्र निर्माण गरिएको छ भने कबर्डहल निर्माणअन्तिम चरणमा रहेको अधिकृत खड्काले जानकारी दिए।

बैतेश्वर गाउँपालिकाले केन्द्रका लागि आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माणमा सडक बिस्तारमा झन्डै ३ करोड बजेट खर्चिएको छ । त्यसमध्ये प्रदेश सांसद विशाल खड्काका दाइ सहित रितबहादुर खड्का स्मृति भवनका लागि ३ नम्बर प्रदेश सरकारले ४४ लाख रकम उपलब्ध गराएको गाउँपालिकका उपाध्यक्ष रबि चन्द्र आचार्यलेव बताए।उपाध्यक्ष आचार्यकाअनुसार बाँकी अन्य सबै संरचना गाउँपालिकाले आफ्नै खर्चबाट निर्माण गरेको हो।मंसिरबाट सेवा दिन थालिने भनिए पनि केहि प्राबिधिक समस्या मिलाउनु पर्ने भएकाले पुसको दोस्रो हप्तामा मात्र केन्द्रमा सर्ने तयारी भएको उनले बताए।पालिकाले कार्यालय भवन निर्माणका लागि एक करोड ६८ लाख र चिस्यान केन्द्र(कोल्ड स्टोर) बनाउन ८६ लाखमा ठेक्का लगाएको थियो।

दुईवटै संरचना निर्माण सम्पन्न भएको छ भने अहिले भवन फिनिसीङको काम पनिअन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।७२ रोपनी क्षेत्रफल रहेको पाँडुमा झन्डै ५२ रोपनी जग्गा स्थानीयहरूले दिएको र दानपत्रमार्फत गाउँपालिकाको नाममा नामसारी भइसकेको छ। गाउँपालिका भित्रका चार वडाहरु मिर्गे,काब्रे, क्षेत्रपाले आफ्नै वडाकार्यालय भवन निर्माण गरिसकेका छन् भने अन्य वडाले यस वर्षको विनियोजित बजेट बाट निर्माण सुरु गरेको गाउँपालिकाका प्रमुख इन्जिनियर युधिष्ठिर केसीले बताए।

गाउँपालिकामा सडक, विद्युत् र खानेपानी लगायतका अत्यावश्यक पूर्वाधार भने यसअघि नै विकास भइसकेकाले यस चालु वर्षमा पालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको यस वर्ष करिब एक करोड बजेट छुट्टाएको छ।पालिकाले गाउँपालिका भित्रका ३१ वटा सरकारी बिधालयका करिब ३६ सय विद्यार्थीलाई एकै किसिमको बिधालय पोषाक वितरण गर्न लागेको पनि उनलेे जानकारी दिए।शिक्षामा १ करोड ७४ लाख बजेट यसैबीच, बैतेश्वर गाउँपालिकाले यो वर्ष शिक्षामा मात्रै १ करोड ७४ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका अनुसार सो बजेटबाटै ट्रयाक सुटको लागि ४० लाख छुट्याइएको थियो भने बाँकी रकमको गाउँपालिकाले गाउँपालिकाभित्र अपुग ८ जना दरबन्दीको शिक्षक राखेको छ र सो शिक्षकलाई गाउँपालिकालेनै तलब भत्ता व्यहोर्दे आएको छ।यसैगरी गाउँपालिकाले बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई पनि मासिक १ हजार रकम थप गरेर दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।त्यसैगरी कबर्ड हल निर्माणको लागी एक करोड बजेट विनियोजन गरेर निर्माण गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस