दोलखाका सिडियोले एक लाख मागेर दश हजारको मात्रै रसिद दिए



दोलखा,१९ मंसिर । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले एक स्थानियको मुद्धामा एक लाख रुपैया रकम लिएर नब्बे हजार रुपैया आफुले राखि दश हजारको मात्रै नगदि रसिद काट्न लगाएको तथ्य सार्बजनिक भएको छ ।प्रमुख जिल्ला अधिकारी रिजालले दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ का कुमार लामा मोक्तानसँग सार्बजनिक मुद्धामा एक लाख रुपैया मागेर दश हजार रुपैया मात्रैको नगदि रसिद दिएको तथ्य सार्बजनिक भएको हो । सिडियोले रकम मागेको कुरा पिडित लामाले नगदि रसिद देखाउँदै सिडियो रिजालको कार्यकक्षमा उनले पत्रकारहरुसँग सिडियोसँगै रहँदा बताएका छन् । लामालाई आज भन्दा २४ दिनअगाडि सार्बजनिक कसुर मुद्धामा जिल्ला प्रहरी कार्यलय दोलखाले नियन्त्रणमा लिएको थियो ।

थुनछेक बहस पछि लामाको श्रीमति रेणु तमाङले बुधबार प्रहरीको कष्टरीमा रहेका आफ्ना श्रीमान्लाई बाहिर निकाल्न एक लाख रुपैया प्रजिअ रिजाललाई दिएको र दश हजारको मात्रै नगदि रसिद दिएपछि बाहिर आएर आफुले बुझ्दा प्रजिअले ९० हजार रुपैया लिएर राखेको बुझेपछि श्रीमति रेणु तमाङले बिहिबार बिहान हाम्रो पैसा खै सिडियो सर भन्दा बाहिर हल्ला नगरि दिनु भनि फोन अफ गर्न समेत लगाएर क्वाटरमा लगि प्रमुख जिल्ला अधिकारी रिजालले ९० हजार फिर्ता गरेपछि सिडियो रिजालले घुस रकम खाएको बारे तथ्य बाहिर आएको हो ।

उनले दोलखाका कालिन्चोक गाउँपालिका वडा नम्बर १ का उदिम तमाङ र ईन्द्र बहादुर तमाङबाट पनि मंगलबार सार्बजनिक सुरक्षा कसुरको थुनछेक बहसमा चौध हजारको नगदि रसिद दिएर ३५ हजार रुपैया लिएको तथ्य बाहिर आएको छ । आज पत्रकारहरुलाई भेटेर पिडितहरुले आफुले सामान्य मुद्धामा पनि सिडियो कार्यलय जस्तो ठाउँमा घुस दिनु परेको भन्दै दुखेसो पोखे । प्रजिअ रिजालले उक्त रकम सोही मुद्धामा पिडित भनिएका लाई क्षतिपुर्ती दिन लिएको बताएका छन् । रिजालले ९० हजार रुपैया आफैले राखेर र भोलिपल्ट माग्न आएपछि क्वाटरमा लगेर दिएको बताए । त्यसैगरि अर्का कालिन्चोक १ का दुई स्थानियहरुको पनि रकम फिर्ता गरेको स्वीकारेका छन् ।


प्रतिक्रिया दिनुहोस