दलित पत्रकार संघ सिन्धुपाल्चोकको अध्यक्षमा सुनिल मिजार चयन



काठमाण्डौं।दलित पत्रकार संघ सिन्धुपाल्चोकको प्रथम जिल्ला भेेला अाज सम्पन्न भएको छ।भेला मार्फत सुनिल मिजार अध्यक्ष पदमा चयन भएका छन।सुकुटेमा सम्पन्न उक्त जिल्ला भेलाका सभा अध्यक्ष दलित पत्रकार महासंघ प्रदेश न ३ का अध्यक्ष चित्र मिजार रहेका थिए।कार्यक्रममा सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रावण कुमार जिसि (बिनोद)बाट दिप प्रजलन गरी कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

दलित पत्रकार संघ सिन्धुपाल्चोकको ११ सदस्यीय टोलि गठन भएको छ। दलित समुदाय भित्रको आवाजलाई बुलन्द गर्ने र दलित आन्दोलनलाई सहयोग गर्ने उदेश्य संगठन बिस्तार गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय महासचिव लक्ष्मण दर्नालले जानकारी दिए। उक्त कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी ,राजनीतिक दलका प्रतिनिधिहरुको सहभागी रहेको थियो।जिल्लाका दलित पत्रकारहरुलाइ पत्रकार महासंघमा आवद्ध गराइ समन्वयकारी भुमिका र सहयोग गर्न आफू तयार रहेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक उपाध्यक्ष ग्यानेन्द्र तिमिल्सिनाले बताए।

दलित मुक्तिको निमित्त दलित पत्रकार संघ दरिलो हतियार भएको र आफ्नो गाउँपालिकाबाट संघलाई प्राथमिकतामा राखेर सहयोग गर्ने कार्यक्रममा प्रमुख अतिथि श्रावण कुमार जिसिले प्रतिबद्धता जनाउनु भएको छ।कार्यक्रमको समापन राष्ट्रिय दलित पत्रकार संघ उपत्यका समितिका सह सचीव निरोज तोलाङेले गर्नु भएको थियो।


प्रतिक्रिया दिनुहोस