ट्रकले विद्यार्थी किचेको घटनाले कोहलपुर रणभुमिमा परिणत



काठमाण्डौं।ट्रकले विद्यार्थी किचेको घटनाले उग्र रुप लिएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त भएको हो । घटनापछी आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाई दिएपछि माहोल थप तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपले अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ ।

स्कुले विद्यार्थीहरुलाई दवाउन ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ भने दुई दर्जन बढि हवाई फायर गरीएको छ ।यसैबिच प्रहरीले चलाएको गोली लागेर एक विद्यार्थी घाईते भएका छन । भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढि हवाई फायर गरेको थियो । सोही क्रममा एक बिद्यार्थीलाई रबरको गोली लागेको छ भने एक दर्जन बढि विद्यार्थी घाईते भएका छन । घटनामा आधा दर्जन बढि प्रहरी समेत घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आईतबार विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।आन्दोलीत विद्यार्थीहरुले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन । प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले निरन्तर हवाई फायर गरीरहेको छ ।







प्रतिक्रिया दिनुहोस