नेपाली कांग्रेस दोलखाले सबै क्षेत्रमा समिति गठन



दोलखा मंसिर,२२।नेपाली कांग्रेस दोलखाले संसोधित विधान अनुशार प्रदेश क्षेत्र, नगर, गाँउ , वडा समति गठन गरेको छ । नेपाली काँग्रेस दोलखाका अनुशार प्रदेश क्षेत्र नम्बर १ को पदाधिकारीहरुमा सभपतिमा छवी लामा, उपसभापतिमा केशव कार्की र राजन अधिकारी, सचिवमा भुवन केसी र लक्ष्मण कार्की तथा सहसचिवमा प्रकाश खड्का र कोषाध्यक्षमा सुन्दर खड्का रहेका छन। क्षेत्र नम्बर २ का पदाधिकारीहरुमा सभापतिमा जयराम श्रेष्ठ, उपसभापतिमा इन्द्र कुमार बस्नेत, सचिवमा भिम्सेन के सी र राजन बस्नेत, सहसचिवमा सुरेश थापा र कोषाध्यक्षमा हिरालाल श्रेष्ठ रहेका छन।

त्यसैगरि भिमेश्वर नगर पालिकामा सभापतिमा राजेश कुमार श्रेष्ठ, उपसभापतिमा मोतीप्रसाद चौलागाई र चन्द्रबहादुर थापा, सचिवमा वालचन्द्र शिवाकोटी र शंकर कार्की, सहसचिवमा विमल श्रेष्ठ र रुद्र जंग वुडाथोकी, कोषाध्यक्षमा युगल श्रेष्ठ रहेका छन भने जिरी नगर पालिकामा सभापतिमा सोनाम शेर्पा, उपसभापतिमा झप्परबहादुर योगी( जनक), सचिवमा शरणबहादुर खत्री र दोर्जी शेर्पा( सन्जु), सहसचिवमा सुजन तामांग तथा कोषाध्यक्षमा अमृतबहादुर तामांग रहेका छन। गाँउपालिका तर्फ गौरीशंकरमा सभापतिमा श्याम सुन्दर तामांग, उपसभापतिमा टेन्डु शेर्पा र प्रल्हाद कार्की, सचिवमा भिष्म प्रकाश खड्का र विशाल कार्की, सहसचिवमा सांदोर्जे लामा र इन्द्रबहादुर खत्री(शान्त), कोषाध्यक्षमा दाल्हामु शेर्पा रहेकाछन।

वैत्यश्वरमा सभापतिमा राजु उप्रेती, उपसभापतिमा शम्सेर घिसिंग र वृषबहादुर तामांग, सचिवमा देवराज खत्री र योगेश घिसिंग, सहसचिवमा टिकाबहादुर खत्री र मानकुमार पाख्रिन, कोषाध्यÞमा मानकुमारी रिमाल रहेकाछन। यस्तै तामाकोसीमा सभापतिमा नगहरी फुयाल, उपसभापतिमा गोपाल तिमलसिना र नानीकाजी तामांग, सहसचिवमा प्रदिप तामांग र कमल सुनुवार, तथा कोषाध्यक्षमा दिपा खड्का रहेका छन। मेलुंगमा सभापतिमा छत्रबहादुर तामांग, उपसभापतिमा कुशुम लामा र विजय खड्का, सचिवमा छुल्ठीम लामा र राजेन्द्र भन्डारी, सहसचिवमा आनन्द गोले र कृष्षकुमार थोकर, कोषाध्यक्षमा चोत्रबहादुर बस्नेत रहेकाछन।

शैलुंगमा सभापतिमा दावादोर्जे लामा, उपसभापतिमा खेचरबहादुर श्रेष्ठ (कृष्णलाल) र विमला योन्जन, सचिवमा चित्रबहादुर कार्की र भिमबहादुर वुडाथोकी, सहसचिवमा धनकुमार मोक्तान र रामकृष्ण सुवेदी, कोषाध्यक्षमा श्यामलाल घिसिंग रहेकाछन। कालिन्चोकमा सभापतिमा अर्जुन प्रसाद शिवाकोटी, उपसभापतिमा संग्राम बहादुर आचर्य र वालनन्द शिवाकोटी, सचिवमा पदमराज पाठक र सन्तोष मैनाली, सहसचिवमा संजिव पण्डे र डम्वरबहादुर तामांग, रहेकाछन। विगुमा सभापति हेमराज तामांग, उपसभापतिमा निरु आचार्य र पदमबहादुर तामांग, सचिवमा अर्जुन खत्री र विरेन्द्र कटुवाल, सहसचिवमा दावा छिरी शेर्पा र मोहन तामांग, कोषाध्यक्षमा ज्योति खड्का रहेकाछन।यस्तै नेपाली काँग्रेस दोलखाले नगरपालिका तथा गाउँपालिकाहरुका वडा कार्यसमितिलाई पनि पूर्णता दिएको नेपाली काँग्रेस दोलखाका सभापती रुद्रबहादुर खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस