बैतेश्वर तीन मिर्गेको आफ्नै भवन निर्माण,आज देखी आफ्नै भवनबाट सेवा बिस्तार



दोलखा मंसिर २७।दोलखाको बैतेश्वर गाउँपालिका भित्रको वडा नं. ३ मिर्गेले आफ्नै कार्यालय भवन निर्माण सम्पन्न गरेको छ।गत वर्ष २०७५ बाट भवन बनाउन सुरुगरेको मिर्गेले दुई वर्षको छोटोे समयमा सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न गरेको हो।गाउँपालिकका अध्यक्ष छवि लामाले शुक्रबार एक कार्यक्रमका बिच मिटिङ हल सहितको चारकोठाको पक्की भवन उद्घाटन गरेर वडा नम्बर तिनका वडा अध्यक्ष कृष्ण बहादुर दाहाल लाई हस्तान्तरण गरेका हुन।भवन निर्माणको लागी पालिकाले ८० लाख ८ सय बजेट र जना सहभागिताको ८ लाख बजेट गरि कुल ८९ लाख बजेटमा भवन निर्माण सम्पन्न गरेको हो।

भवन उद्धघाटन गर्दै प्रमुख लामाले गाउँपालिकाले वडा कार्यालयहरुको भौतिक संरचना निर्माणलाई प्राथमिक्ता दिएको र गाउँपालिकाको पक्कि भवन निर्माण लगाएत सवै वडाहरुमा भवन निर्माणको काम संचालन भई रहेको वताए । संघियता कार्यन्वयनमा आए संगै आम नागकिहरुलाई स्थानिय सरकारको प्रत्यक्ष अनुभुती दिलाउने गरी गाउँपालिकाले निर्माण कार्यलाई तिव्रता दिएको उनको भनाइ छ।

भवन निर्माण गर्न पदम बहादुर थापाले पन्चायत कानुन हुँदा तत्कालीन साविकको मिर्गे गाविस भवन निर्माण गर्न करिब २२ आना जग्गा दान गरेर भवन निर्माण गर्न सहयोग गरेका थिए।भवन उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपलिका अध्यक्ष छवि लामाले बैतेश्वर तिनको सडक क्षेत्रको खानिखोला मुलगौडामा,लहरेमाने सडक सुधार गर्न आर्थिक सहयोग गर्ने बताए।मिर्गे मजुवामा करिब पाँच लाख बजेट विनियोजन गरेर शिवको मुर्ति निर्माण गर्न सुरुगरेको बताए।त्यसैगरी पाइलेको कालिदेवी मन्दिर व्यवस्थापन गर्न दुई लाख बजेट विनियोजन गरेर काम सुरु गरेको बताए।मिर्गेलिको बेसि देखी गाउँपालिकाको केन्द्र जोड्ने गरि सडक बिस्तार गर्न हिउदे अधिवेशन बाट बजेट सडक बिस्तार गर्न पहल गर्ने बताए।

गाउँपालिकका भित्रको वडा मध्य गत वर्षका सबै योजना पुरागरेर वडा नम्बर तीन दोस्रो वडाको रूपमा चिनाउन सफल भएकोमा वडा अध्यक्ष कृष्ण बहादुर दाहाल लाई बधाई दिदै चालु वर्ष ७६ मा पहिलो वडा बन्न शुभकामना दिएका छन्।त्यसैगरी गाउँपालिकका उपाध्यक्ष रबिचन्द्र आचार्यले मिर्गे जोड्ने मुख्य सडक कालोपत्रको काम सुरु गर्न दुई करोड बजेट विनियोजन गरेको बताए।शिक्षा ,स्वास्थ्य खानेपानी,सिंचाइमाको शिर्षकमा बजेट विनियोजन गरेको बताए।पालिकाको पहलमा यार्सामा कृषिकार्यक्रम सडक बिस्तार गर्न प्रदेश र पालिकाले लगानी गरेको बताए।

गाउँपालिका जोड्ने मुख्य सडक बगर मजुवा जोड्ने खानिकोला मा सडक बिभागले करिब ३ करोड लागतमा पुल निर्माण गर्न सुरुगरेको बताए।कार्यक्रम बैतेश्वर गाउँपालिकका वडा नम्बर तीनका वडा अध्यक्ष कृष्ण दाहालको सभापतित्व र गाउँपालिका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो।कार्यक्रम नेपाली कांग्रेसका उपसभापति छविलाल तामाङ,लेखा प्रमुख बिक्रम कार्की,पालिका भित्रका कर्मचारी,प्राबिधिक,विभिन्न राजनैतिक दलका प्रतिनिधि,र मिर्गे वासिको उपस्तिथिमा सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस