एयरपोर्टमै रोकिए खेलाडी,राष्ट्रिय झण्डा फहराउन बाट चुक्यो नेपाल



काठमाण्डौं,२९ मंसिर । कजाकिस्तानमा गत हप्ताको शनिबार देखि सुरु भएको वल्ड कजाख् कुरेसी च्याम्पियनसीपमा भाग लिन जाने जाने क्रममा नेपाल अध्यागमन बिभागले खेलाडीहरुमाथि रोक लगाएकोमा खेलाडी तथा प्रशिक्षकले दुःख व्यक्त गरेका छन् । उक्त प्रतियोगितामा भाग लिनको लागि नेपाली खेलाडी तथा प्रशिक्षकहरु यही मंसिर २६ गते कजाकिस्तान त्यसतर्फ प्रस्थान् गर्न लागेका थिए । तर अध्यागमन विभागले खेलाडी तथा प्रशिक्षकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको छ ।त्यसपछि शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दुःखेसो पोखेका हुन् । प्रतियोगितामा भाग लिनको लागि प्रशिक्षक गणेश बहादुर कुँवर, खेलाडीहरु ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मान जित लामा जान लागेका थिए । उनीहरुले आफूहरुलाई बिना कारण विमानस्थलका अध्यागमन बिभागले रोक लगाएकोमा दु:ख व्यक्त गरेका हुन् ।

उक्त प्रतियोगितमा विश्वभरिका १ सय १६ भन्दा बढि देशबाट खेलाडीहरुको सहभागिता रहेको छ । तर, नेपाली खेलाडीहरु छनौट हुँदापनि खेल्न जान नपाएकोमा भने दुःखी छन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई कजाख् कुरेसी च्याम्पियनसिपले सम्पूर्ण स्पोन्सर गरे पनि नेपालको अध्यागमन बिभागले बिनाकारण रोक लगाएको प्रशिक्षक कुँवरकाे गुनासाे छ ।

खेलाडीसंग भिसा पेपर, इन्भिटेसन लेटर, एयर टिकट र होटल बुकिङको सक्पूर्ण कागजजात साथैमा थियो । तर,अध्यागमन बिभागले राष्ट्रिय खेलकुद परिषदको पत्र नभएको कारण देखाउदै खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा भाग लिनबाट रोक लागाएको उनीहरुको गुनासो छ ।अध्यागमनले सुरुमा ट्राभल हिस्ट्री भएका खेलाडीलाई मात्र जान अनुमति दिएको थियो । कुँवरले भने,सुरुमा अध्यागमनले ट्राभल हिस्ट्री भएकालाई जान दिने भन्यो, तर फ्रेस पासपोर्ट भएका खेलाडीलाई रोक लगाउने भनेका थिए । पछि कसैलाई पनि जान दिनुभएन् ।प्रशिक्षक तथा खेलाडीहरुले प्रतियोगितामा सहभागी हुन नपाएकोमा नेपालकाे राष्ट्रिय झण्डा फहराउनबाट चुकेकाे र आफ्नो देशको झण्डा उठाउन नपाएकोमा दु:ख व्यक्त गरेका छन् । प्रशिक्षक कुँवरका अनुसार प्रतियोगितामा सहभागी हुन जाँदा राष्ट्रिय खेलकुद परिषदले दर्ता नभएका संघलाई अनुमति नहुने खालका कुरा राखेको थियो ।


प्रतिक्रिया दिनुहोस