दोलखाको झ्याँकुमा भब्यरूपमा सोनाम ल्होछार पर्वको तयारी हुँदै



दोलखा।माघ ८,तामाङ समुदायको बाक्लो बसोबास रहेको दोलखाको उत्तरी क्षेत्रमा रहेको गौरीशंकर ३ झ्याँकुमा सोनाम ल्होछार पर्व भव्य रूपमा गरिने भएको छ।विश्व शान्तिको कामना सहित २८५६ औँ जिवा अर्थात मुषा वर्षको अवसरमा दोलखाको झ्याकुमा ल्होछार कार्यक्रमको तयारी पुरा भएको छ ।मिति २०७६ को माघ ११ गते शनिवारको दिन भब्य रुपमा मनाउने गरी तयारी भएको जनाइएको छ ।श्री बुद्ध तामाङसालिङ युवा क्लवको मुख्य आयोजना तथा श्री चेर्दुङ समाज,लहरे माने आमा समुहको सम्युक्त आयोजनामा कार्यक्रम हुने भएको छ । दोलखाको उत्तरी साविकको झ्याँकु गाविस हाल गौरीशंकर गा.पा –३ झ्याँकुमा विगतका बर्ष झै यो बर्ष पनि भब्य रुपमा ल्होछार कार्याक्रमको तयारी भएको हो ।

ल्होछारको पहिलो दिन अर्थात माघ महिनाको ११ गतेका दिन सबैको घरमा लामा गुरुहरुद्धारा शान्तिको पुजा पाठ गरी लुङ्दर अर्थात धज्र्यू राखी विधिवत रुपमा सुरुवात गरी अघिल्लो दिन गहु,फापर,घ्यू,मैदा मिसाई तेलमा बनाईएका खाप्स्यो,दही,घ्यु,विभिन्न फलफुल,मह,भुटेको जौको पीठो मिसाईएर बनाईएका परिकार हरु देवतालाई चढाईन्छ र विभिन्न पुजा पाठ गरी ल्होछारको शुभाराम्भ गरिन्छ । त्यसपश्चात छरछिमेकीहरुमा आलोपालो गर्दै प्रसाद लगएतका खानाका परिकारहरु खानुका साथै आफ्ना पर–पाहुनाहरुको स्वागत सत्कार गरी आफ्नो मौलिक परिकार दिनुका साथै, साँस्कृतिक कार्यक्रमहरु गरी रमाईलो गर्ने तामाङ जातीहरुले यो पर्वलाई नयाँ उत्सवको रुपमा मनाउने चलन रही आएको जनाईएको छ ।

तामाङ जातीहरुले ल्होछारको पर्वलाई नया वर्षको उत्सवको रुपमा मानिन्छ । जुन दिन ल्हो अर्थात बर्ष छार भन्नाले नया भन्ने बुझिन्छ ,यसर्थ,तामाङ जातिहरुको कुनै नया कार्य वा कुनै नया कुराको शुरुवात एवंम् विहे,छेवार,घर निर्मान,न्वारान ईत्यादी शुभकार्य गर्नुपर्दा ल्हो हेरीन्छ जस्तै कुन वर्षमा जन्मेको मान्छे के ल्हो भेटिएको हा,े भनी हेर्न सजिलो हुने भएका कारण एउटा वार्षिक पात्रोको रुपमा समेत ल्होछार लाई मानिदै आएको पाईन्छ । नेपाल सरकारले एक दिन विदा भए पनि तामाङहरुको यो ल्होछार पर्व भने सुरु भएको दिन देखी १५ दिन सम्म मान्ने प्रचलन रहेको छ, त्यसैले वर्षको उत्सवको रुपमा यो पर्वलाई मानिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस