अग्नि सापकोटा विरूद्ध माइतीघर मण्डलमा नागरिक खबरदारी



काठमाडौँ।हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । नेकपाले दुई दिन अघि नेता अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । र, उनले मंगलबार मनोनयन दर्ता समेत गरिसकेका छन् ।

हत्याको आरोप लागेका व्यक्तिलाई सभामुख बनाउने निर्णय गलत भएको भन्दै नागरिक समाजले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सहभागी भएकाले पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानूनी शासनको स्म्मान गर लेखिएको प्लेकार्ड बोकेका थिए । सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुनबहादुर लामाको हत्यामा संलग्न भएको आरोप छ ।


प्रतिक्रिया दिनुहोस