माननीय भए पनि मनाङ्गेको मति उस्तै



काठमाडौं।८ माघ,नेपालीमा एउटा उखान छ, केजातीको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले पनि बाङ्गाको बाङ्दै । गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेमाथि यही उखान चरितार्थ भएको छ ।

सोमबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकर्ता पङ्तिलाई ‘कसैलाई पनि तँ नभन्न’ उर्दी जारी गरेका थिए । त्यसको भोलिपल्ट नेकपाकै सांसद दिपक मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका छन् ।


प्रतिक्रिया दिनुहोस