बुद्धिचाल खेलकाे उपाधि त्रिपुरा ग्लोरियस एकेडेमीलाई



चरिकोट १२ माघ । सातौं दोलखा जिल्ला स्तरिय खुल्ला तथा बिद्यालय बुद्धिचाल(चेस) च्याम्पियन प्रतियोगितामा त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोटले जित हाँसील गरेको छ । गएको ८ गतेबाट सुरु भएको चेस प्रतियोगिता जिल्लाभरका सहभागि बिद्यालयहरुलाई पछि पार्दै दोलखा जिल्लाको पुरानो स्कुल त्रिपुरा ग्लोरियस एकेडेमीले बाजी मारेको हो । त्रिपुरा ग्लोरियस एकेडेमीले तिनवटा उपाधि प्राप्त गरेको छ । स्ुकल च्याम्पियन कक्षा ९मा अध्ययनरत बिक्रम कार्की भएका छन् भने दश बर्ष मुनिका खेलाडिहरुबाट पनि उत्कृष्ठ खेलाडिमा कक्षा ४मा अध्ययनरत सुप्रन श्रेष्ठ भएको आयोजकले जनाएको छ । त्यसैगरि उत्कृष्ठ चेस खेलाडिमा कक्षा ९मा अध्ययनरत बिबेक राउत घोसित भएको दोलखा जिल्ला बुद्धिचाल संघले जनाएको छ । आज कार्यक्रमको समापन गर्दै भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले उत्कृष्ठ खेलाडि तथा बिजेताहरुलाई ट्रफि मेडल र नगद सहित प्रमाणपत्रले सम्मान गरेका थिए । भिमेश्वर नगरपालिकाको बिशेष सहयोगमा प्रतियोगिता दोलखा जिल्ला बुद्धिचाल संघले आयोजना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस