कांग्रेसको सदस्यता लिएर रुखमा भोट नहाल्नी पनि भेटिय गगन थापा



काठमाण्डौं।वैशाख ८,कांग्रेस को ऐलेको चर्चित युवा नेता गगन थापा ले यो कुरा बतायका छन् ।कांग्रेस काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता थापाले चुनावी हारको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका हुन् ।

निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीति जिते पनि चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पक्तिले लिनुपर्ने बताए । आफ्नो चुनाव क्षेत्रमा व्यहोरको हारको जिम्मेवारी लिन आफू तयार रहेको बताए ।नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको सदस्यता लिएर ‘उम्मेदवार मन परेको छैन’ भन्दै रुखमा भोट नहाल्नु गद्दारी भएको बताएका छन् । उनले भने, ‘यो अपराध हो । कुनै पनि बहानामा उन्मुत्ति पाउनु हुन्न ।’
थापाले भने,‘चुनाव पराजयको दोष म लिन तयार छु । म चुनाव जितेर आएँ तर, समानुपातिकमा चुनाव जिताउन सकिनँ । प्रदेशतर्फ एक सिट जित्यौं, एउटामा हार्‍यौं, म मेरो निर्वाचन क्षेत्रको पराजयको जिम्मा लिन तयार छु । जरु जहाँजहाँ जिम्मा लिनु पर्ने हो तयार छु ।’

उनले ०४८ सालसम्ममा ३८ प्रतिशत रहेको कांग्रेसलाई ५० प्रतिशत पुर्‍याउन सकेको भए अरु मिल्दा हार्‍यौ भनेर रोएर बस्नु पर्ने थिएन भनेका छन् ।